Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

कार दुर्घटनामा न्यूज २४ कर्मी कृष्ण पाण्डेकाे निधन

बुटवल, कार दुर्घटनामा परी न्यूज २४ टेलिभिजनका रुपन्दहीस्थित टिभी जर्नलिष्ट कृष्णबाबु पाण्डेको निधन भएको छ । सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल-भैरहवा सडक खण्डको तिलोत्तमा-१, ड्राइभर टोलमा गए राति भएको सवारी दुर्घटनामा पाण्डेकाे ज्यान गएकाे हाे ।

बुटवलबाट मध्यराति पाण्डे घर फर्किरहँदा बा ७ च ६९५९ नम्बरको उनी आफैले चलाएको कार दुर्घटनाग्रस्त भएकाे जनाइएकाे छ । दुर्घटनामा गम्भीर घाईते भएका पाण्डेलाई उपचारका लागि बुटवलस्थित चौराहा अस्पतालमा लगिएको र उपचारकै क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

कार सडक किरानाको फलामे बारमा ठोक्किएकाे बताइएकाे छ । टिभी जर्नलिष्ट पाण्डेको शव  अहिले पाेस्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको इलाका प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ ।

३० वर्षीय पाण्डे विगत ५ वर्षदेखि न्यूज २४ मा कार्यरत थिए । हाल प्रदेश ५ को व्युरोको जिम्मेवारी पनि सम्हालिरहेका पाण्डेको असfमयिक निधनप्रति न्यूज २४ परिवार मर्माहत बनेको छ । उनले टेलिजिभन र यस्को अनलाइन संस्करणका लागि गरेको योगदान अविष्मरणीय रहनेछ भने न्यूज २४ परिवारले पत्रकार पाण्डे योगदान कहिल्यै भुल्ने छैन ।

पत्रकारिताका अलावा कलाकारिता जगतमा पनि चिनिएका पाण्डे स्याङ्जाकाे विर्घामा जन्मिएका हुन् । पत्रकारिता र कलाकारितालाई माध्यम बनाएर उनी लामो समयदेखि सपरिवार बुटवलमा बस्दै आएका थिए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP