काठमाडौं । नेपाल भित्रिएका सलहका बथान सोमबारबाट क्रमशः पश्चिमतिर सर्दै जाने अनुमान गरिएको छ । हावा जता बहन्छ, सलह किरा पनि त्यतैतिर उडेर जाने भएकाले सोमबारदेखि नै सलह किराहरु पश्चिमतिर सर्दै जाने अनुमान गरिएको हो ।
मौसमविद प्रतिभा मानन्धरले आज रातिबाट नै पूर्वतिरबाट हावा पश्चिमतर्फ बहने हावासँगै सलह पनि उड्ने किरा भएकाले सलहको यात्रा पश्चिमतिर हुने सम्भावना रहेको बताउनुभयो ।
केही दिनयता दक्षिणतिरबाट हावा बगेको छ । त्यसैले भारतको उत्तर प्रदेशका जिल्लातिरबाट सलह नेपालसम्म आइपुगेको अनुमान छ । मौसमविद मानन्धरका अनुसार आइतबार पनि हावाको दिशा दक्षिण–दक्षिण पश्चिम छ ।
सोमबार र मंगलबार भने पूर्वबाट हावाको बहाव पश्चिमतिर बढी हुने मौसमविद मानन्धरको भनाइ छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया