Trending
flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे flash ७० प्रतिशत अनुदानमा कुखुरा पालन सामग्री वितरण flash विजयनगरको नवौँ गाउँसभाबाट ६८ करोड बढीको बजेट सर्वसम्मत पारित flash विजयनगर-६ मा जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई सम्मान flash कारागार तोडफोडपछि फरार भएका लागुऔषध मुद्दाका कैदी पक्राउ flash दक्ष जनशक्ति उत्पादनमा कपिलवस्तु प्रतिष्ठानको दृढ संकल्पका साथ अभिमुखीकरण कार्यक्रम सम्पन्न flash विजयनगरका पाँच विद्यालय जंक फुडमुक्त घोषित flash लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा flash ३५ दिने बारिष्टा तालिम सम्पन्न, २० युवायुवती सीपयुक्त

रुस र युक्रेन शान्तिसम्झौतामा सकारात्मक नभए मध्यस्थताबाट पछि हट्छौँ’

 

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेन शान्ति सम्झौताबारे सकारात्मक नहुने भए आफूहरू मध्यस्थताबाट पछि हट्ने चेतावनी दिएका छन्।

यी दुई देशबीच जारी युद्धमा सहमति खोज्न प्रयासरत अमेरिकाले यसअघि साउदी अरेबियामा वार्ता गरिसकेको छ। तर शुक्रबार ओभल अफिसमा पत्रकारहरुसँग कुराकानी गर्दै राष्ट्रपति ट्रम्पले युद्धविरामबारे यी दुई देश नै चिन्तित नरहेको भन्दै अमेरिका पछि हट्ने चेतावनी दिएक हुन्। यसअघि अमेरिकी विदेशमन्त्री मार्को रुबियोले केही दिनभित्रै वार्ताका विषयमा सकारात्मक सन्देश नपाए अमेरिकाले मध्यस्थता छोडिदिने बताएका थिए।

उनले अमेरिकाले जोड दिएर यो विषयलाई अघि बढाएको तर रुस र युक्रेन संवेदनशील नभएको भन्दै आफूहरुसँग अरु प्राथमिकता पनि रहेको बताउनुभएको थियो। केही एजेन्सीले भने अमेरिका रुसलाई मनाउन क्रिमियामाथिको कब्जालाई अनुमोदन गर्न तयार भएको उल्लेख गरेका छन्।

अमेरिकाले यसअघि रुसको क्रिमिया क्षेत्रमा भएको रुसी कब्जालाई मान्यता दिएको छैन। तर रुसलाई शान्ति प्रक्रियामा सहमत गराउन उसले पछिल्लो युद्धभन्दा अघि कब्जा गरेको युक्रेनी भूभागलाई रुसी भूभाग मान्न तयार रहेको ब्लुम्बर्गको रिपोर्टमा उल्लेख छ। यसबारे अमेरिकाले कुनै प्रतिक्रिया दिएको छैन । थाहा खबर 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP