Trending
flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे flash ७० प्रतिशत अनुदानमा कुखुरा पालन सामग्री वितरण flash विजयनगरको नवौँ गाउँसभाबाट ६८ करोड बढीको बजेट सर्वसम्मत पारित flash विजयनगर-६ मा जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई सम्मान flash कारागार तोडफोडपछि फरार भएका लागुऔषध मुद्दाका कैदी पक्राउ flash दक्ष जनशक्ति उत्पादनमा कपिलवस्तु प्रतिष्ठानको दृढ संकल्पका साथ अभिमुखीकरण कार्यक्रम सम्पन्न flash विजयनगरका पाँच विद्यालय जंक फुडमुक्त घोषित flash लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा flash ३५ दिने बारिष्टा तालिम सम्पन्न, २० युवायुवती सीपयुक्त

लागुऔषधसहित १२ जना पक्राउ

 

काठमाडौं : देशका विभिन्न स्थानबाट प्रतिबन्धित लागुऔषधसहित १२ जना पक्राउ परेका छन्। मकवानपुर, चितवन, मोरङ, कैलाली, कञ्चनपुर, सुर्खेत, सङ्खुवासभालगायत जिल्लाबाट लागुऔषधसहित १२ जना पक्राउ परेका हुन्।

मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१५ पिपलबोटबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थसहित हेटौँडा(४ हुप्राचौर बस्ने १९ वर्षीय विशाल सार्की र मोरङको विराटनगर महानगरपालिका-१५ बैंक रोडबाट सुन्दरहरैँचा नगरपालिका-२ बस्ने ३१ वर्षीय सरन डाँगी पक्राउ परेका लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरले जनाएको छ।

चितवनको भरतपुर महानगरपालिका-२६ सिसुवारबाट नियन्त्रित लागुऔषध ट्रामाडोल र गाँजा जस्तो देखिने पदार्थसहित भरतपुर-२६ बस्ने ६१ वर्षीया शान्तिकुमारी महतो र २५ वर्षीय विशाल सुनार पक्राउ परेका इलाका प्रहरी कार्यालय चनौलीले जनाएको छ।

त्यस्तै, कैलालीको कैलारी गाउँपालिका-१ सडकपुरबाट कैलारी-८ दुधिया बस्ने २५ वर्षीय सञ्जुकुमार चौधरी, कञ्चनपुरको बेलौरी नगरपालिका-१ हनुमानथानबाट डडेल्धुरा गन्यापधुरा गाउँपालिका-३ सकायल बस्ने ३९ वर्षीय करनबहादुर देउवा र ३५ वर्षीय रोहित शाही, भीमदत्त नगरपालिका-११ गड्डाचौकीबाट शुक्लाफाँटा नगरपालिका-११ बस्ने २५ वर्षीय रामबहादुर विष्ट पक्राउ परेका सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ।

स्थायी प्रहरी पोष्ट गोठीकाँडाका अनुसार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१४ कटुकाबाट ब्राउनसुगर जस्तो देखिने पदार्थसहित बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१४ बस्ने २१ वर्षीय अनिश नेपाली पक्राउ परेका हुन्।

सङ्खुवासभाको धर्मदेवी नगरपालिका-४ तिरतिरे बस्ने २८ वर्षीय रामबहादुर अधिकारी, २६ वर्षीय केशव घिमिरे र मादी नगरपालिका-६ पुलुङ बस्ने ३८ वर्षीय देवेन्द्र थापालाई अवैध लागुऔषध अफिम जस्तो देखिने पदार्थसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।  थाहा खबर

 

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP