Trending
flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे flash ७० प्रतिशत अनुदानमा कुखुरा पालन सामग्री वितरण flash विजयनगरको नवौँ गाउँसभाबाट ६८ करोड बढीको बजेट सर्वसम्मत पारित flash विजयनगर-६ मा जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई सम्मान flash कारागार तोडफोडपछि फरार भएका लागुऔषध मुद्दाका कैदी पक्राउ flash दक्ष जनशक्ति उत्पादनमा कपिलवस्तु प्रतिष्ठानको दृढ संकल्पका साथ अभिमुखीकरण कार्यक्रम सम्पन्न flash विजयनगरका पाँच विद्यालय जंक फुडमुक्त घोषित flash लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा flash ३५ दिने बारिष्टा तालिम सम्पन्न, २० युवायुवती सीपयुक्त

प्रहरी हुँ भन्दै अभद्र व्यवहार गर्ने व्यक्ति पक्राउ

 

पर्वत : आफू प्रहरी भएको बताउँदै पोखरास्थित एक रेस्टुरेन्टमा अभद्र व्यवहार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा बागलुङको बागलुङ नगरपालिका–४ कुडुलेफेदी निवासी ३२ वर्षीय चन्द्रकान्त पौडेल रहेका छन्।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वसन्तकुमार शर्माका अनुसार पौडेलले गत वैशाख सातगते राति करिब १० बजेको समयमा पोखरा महानगरपालिका–८ सृजनाचोकस्थित ढावा रेस्टुरेन्ट एण्ड बारमा खाना अर्डर गरी खाएपछि आफू ’डिएसपी’ भएको दाबी गर्दै काउण्टरमा रहेका कर्मचारीमाथि धाक धम्कीसहित अभद्र व्यवहार गरेका थिए।

घटनाको जानकारी पाउनेबित्तिकै वडा प्रहरी कार्यालय, बैदामबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रशासन कार्यालयबाट अभद्र व्यवहारसम्बन्धी मुद्दामा आवश्यक अनुसन्धान गर्न १० दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका पौडेलमाथि आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।  थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP