Trending
flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे flash ७० प्रतिशत अनुदानमा कुखुरा पालन सामग्री वितरण flash विजयनगरको नवौँ गाउँसभाबाट ६८ करोड बढीको बजेट सर्वसम्मत पारित flash विजयनगर-६ मा जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई सम्मान flash कारागार तोडफोडपछि फरार भएका लागुऔषध मुद्दाका कैदी पक्राउ flash दक्ष जनशक्ति उत्पादनमा कपिलवस्तु प्रतिष्ठानको दृढ संकल्पका साथ अभिमुखीकरण कार्यक्रम सम्पन्न flash विजयनगरका पाँच विद्यालय जंक फुडमुक्त घोषित flash लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा flash ३५ दिने बारिष्टा तालिम सम्पन्न, २० युवायुवती सीपयुक्त

यो वर्षातमा पनि मेलम्ची पानी नआउने, विकल्प खोजिँदै !

 

 

काठमाडौं : यो वर्षको वर्षातमा पनि मेलम्ची खानेपानी काठमाडौं उपत्यकामा नआउने भएको छ। सरकारले दीर्घकालीन व्यवस्थापन गर्न नसक्दा यस वर्षको वर्षातमा पनि पानी बन्द गर्नुपर्ने बाध्यता आइपरेको हो।

मेलम्ची खानेपानी विकास समितिले मेलम्ची खोलाको पानी धमिलिन थालेपछि बन्द हुने जनाएको छ। समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले थाहाखबरसँग भने,‘दीर्घकालीन व्यवस्थापन हुन सकेन,त्यही भएर यो वर्षातमा पनि मेलम्ची पानी काठमाडौंमा आउँदैन।’ उनका अनुसार वर्षात अझै सुरु भएको छैन। तर,पनि अहिले काठमाडौं उपत्यकालगायत क्षेत्रमा पानी परिरहेको छ।

‘अहिले परिरहेकाे पानीले खास असर नगर्ला, अब वर्षात् सुरु भएपछि जुनबेला देखि पानी धमिलिन थाल्छ,अनि बन्द गरिहाल्छौँ,अरु उपाय नै छैन,’उनले भने।
सन् २००१ मा सुरू भएको आयोजना दुई दशकपछि अर्थात् पहिलोपटक २०७८ चैत १५ गते पूर्ण क्षमताअनुसार दैनिक १७ करोड लिटर काठमाडौं उपत्यकामा पानी वितरण थालिएको थियो।

तर,सरकारले मेलम्ची खानेपानी व्यवस्थित गर्न नसक्दा आयोजना सुरू भएको दुई दशकभन्दा बढी समय बितिसक्दा पनि उपत्यकाबासीहरूले नियमित उपभोग गर्न पाएका छैनन्।

अन्य स्रोतको पानी ल्याउने काम हुँदै

मेलम्चीको पानी बन्द भएपनि अन्य स्रोतबाट भएपछि उपत्यकामा पानी ल्याउन भने विकल्प खोजिएको छ। समितिका कार्यकारी निर्देशक रत्न लामिछानेका अनुसार मेलम्ची खोला वरपरका अन्य स्रोतको पानी खोजेर वर्षातमा पानी ल्याउने काम भइरहेको छ।

यसका लागि अहिले आवश्यक संरचना निर्माणको काम भइरहेको समितिका प्रवक्ता पन्तले जानकारी दिए। ‘मेलम्चीकै पानी आउने चाही होइन,अन्य स्रोतको पानी खोजेर,थिग्‌र्याएर त्यही मेलम्चीकै सुरुङबाट ल्याउने योजना बनाइएको हो,अब हेराैँ के कति सम्भावना हुन्छ,’उनले भने। तर,के कति पानी उपत्यकामा ल्याउन सकिन्छ भन्ने यकिन अहिले भन्न नसकिने उनको भनाइ छ। ‘अब यसको लागि वर्षातमा कति पानी परेर ती स्रोतबाट पानी निस्किन्छ भन्ने हो,अब वर्षातमा मात्रै यसबारे जानकारी हुन्छ,’उनले भने।

वर्षेनी वर्षातमा मेलम्ची पानी बन्द गर्नुपर्ने बाध्यता

अरु बेला नियमित मेलम्चीको पानी आए पनि वर्षेनी वर्षातको बेला मेलम्ची खानेपानी बन्द गर्नुपर्ने बाध्यता छ। २०७८ साल असार र साउनमा मेलम्ची र इन्द्रावतीमा आएको भीषण बाढीले आयोजनामा ठूलो क्षति पुर्‍याएपछि हालसम्म १२ महिना पानी आउन सकेको छैन। ०७८ को बाढीयता कहिले वर्षात त कहिले मर्मतको नाममा पानी बन्द गरिँदै पठाइँदै गरिएको छ।

त्यसो हुँदा उपभोक्ताहरू मारमा पर्दै आएका छन्। सरकार मेलम्चीको पानी उपत्यकामा आएको चार वर्ष बितिसक्दा पनि दीर्घकालीन व्यवस्थापन गर्न सकेन।
केयुकेएलका अनुसार उपत्यकामा दैनिक ४३ करोड लिटर पानी माग छ। तर,यी मागअनुसार खानेपानी पूर्ति हुन सकेको छैन।

मेलम्ची खानेपानी बन्द गरिएको बेला विभिन्न स्रोतबाट दैनिक १३–१४ करोड लिटर पानी मात्रै आपूर्ति हुन्छ। त्यसो त उपत्यकामा सधैँ पानीको हाहाकार हुने गरेको छ। अन्य स्रोतकाे पानी वितरणमा केयुकेएललाई हम्यहम्य नै पर्छ। खानेपानी आयोजनाको दातृनिकाय एसियाली विकास बैंक (एडीबी)ले दीर्घकालीन व्यवस्थापनका लागि सरकारलाई मेलम्ची खानेपानीको हेडवर्क्स सार्न सुझाव दिएको थियो।

एडिबीले बनोट तथा बाढी पहिरोको जोखिमका कारण हेडवर्क्स सार्न सुझाव दिएको हो। एडिबीले गरेको अध्ययन प्रतिवेदनका आधारमा आयोजनाको हेडवर्क्स अहिले भएको स्थानभन्दा करिब १ किलोमिटर माथि सार्न सुझाव दिएको छ।

यही आयोजनाको हेडवर्क्स सार्नको लागि एडिबीले २ अर्ब अनुदान पनि दिएको छ। तर, हालसम्म सरकारले हेडवर्क्स सार्नको लागि काम थाल्नै सकेको छैन। त्यसैले कहिबाट उपत्यकामा नियमित अर्थात् बार्है महिना मेलम्चीकाे खानेपानी आउँछ,त्यो अनिश्चित छ। याङ्ग्री र लार्के खोलाको पानी ल्याउने सरकारको योजना पनि योजनामै सीमित बनेको छ।  थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP