Trending
flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे flash ७० प्रतिशत अनुदानमा कुखुरा पालन सामग्री वितरण flash विजयनगरको नवौँ गाउँसभाबाट ६८ करोड बढीको बजेट सर्वसम्मत पारित flash विजयनगर-६ मा जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई सम्मान flash कारागार तोडफोडपछि फरार भएका लागुऔषध मुद्दाका कैदी पक्राउ flash दक्ष जनशक्ति उत्पादनमा कपिलवस्तु प्रतिष्ठानको दृढ संकल्पका साथ अभिमुखीकरण कार्यक्रम सम्पन्न flash विजयनगरका पाँच विद्यालय जंक फुडमुक्त घोषित flash लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा flash ३५ दिने बारिष्टा तालिम सम्पन्न, २० युवायुवती सीपयुक्त

सिँचाइ नहुँदा किसान चैते धानखेती गर्न आकर्षित भएनन्

 

सर्लाही : सर्लाहीमा ६९१ हेक्टरमा चैते धानखेती गर्न सक्ने सम्भावना छ तर वार्षिक ५० हेक्टर क्षेत्रफलमा मात्र धानखेती हुँदै आएको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले किसानका लागि चैते धानखेती गर्न प्रोत्साहन कार्यक्रम सञ्चालन हुँदासमेत क्षेत्रफल बढ्न सकेको छैन।

परियोजनाका प्रमुख वरिष्ठ कृषि अधिकृत रामबलमप्रसाद साहका अनुसार बर्खे धानखेती यहाँ ४५ हजार ९५० हेक्टरमा हुँदै आएको छभने प्रत्येक वर्ष एक लाख ६७ हजार २५८ मेट्रिक टन लगभग धान उत्पादन हुँदै आएको छ।

अधिकांश समथर भूभाग रहेको यस जिल्ला कृषि उत्पादनका हिसाबले निकै उपयुक्त ठाउँ हो। धान, मकै, गहुँ, कोदो, जौँ यहाँ उत्पादन हुने प्रमुख अन्नबाली हुन्। उनले भने , “धान उत्पादनमा अभ्यस्त किसान चैते धानखेतीमा भने आकर्षित हुन सकेका छैनन्। ”

चैते धानखेती बढाउने उद्देश्यसहित परियोजनाले हरिपुर्वा नगरपालिका र पर्सा गाउँपालिकाका केही वडालाई धान जोन क्षेत्र कायम गरेको थियो। विसं २०७३ बाट सुरु भएको परियोजना नियमानुसार आव २०७७ ७८ सम्म कार्यान्वयनमा ल्याइएको थियो। किसानलाई तालिम कृषि उपकरण, सिँचाइ उपकरणलगायत सामग्री अनुदानमा लगानी गरेको परियोजनाले पकेट क्षेत्रमा समेत खेती विस्तार गर्न नसकेको जनाएको हो। पकेट क्षेत्रमा खेती विस्तार हुन नसक्दा यहाँ चैते धानखेती नगन्य मात्रामा भइरहेको छ।

कृषि ज्ञान केन्द्रका अनुसार हाल जिल्लाको ईश्वरपुर, लालबन्दी, बरहथवा, हरिपुर्वा, गोडैता र कबिलासी नगरपालिकामा गरी जम्मा ५० हेक्टरमा चैते धानखेती भइहेको हो। सबैभन्दा धेरै ईश्वरपुरमा २० र लालबन्दी र बरहथवा क्षेत्रमा १०–१० हेक्टरमा चैते धानखेती हुँदै आएको छ। बाँकी पालिकामा पाँच, तीन, दुई हेक्टरमा खेती हुने गरेको तथ्याङ्कमा उल्लेख छ।

सिँचाइ अभाव

चैते धानखेती गर्ने किसानलाई मुख्य समस्या सिँचाइ हुने गरेको छ। सिँचाइ अभावका कारण यहाँ धानखेती बढ्न नसकेको स्थानीय किसानले बताएका छन्। किसानले चैते धानका लागि याममा १३ पटकसम्म पानी पटाउनुपर्ने भएकाले समस्या भएको बताएका छन्। सिँचाइ पर्याप्त नहुँदा खेती गर्न समस्या भएको कबिलासी नगरपालिकास्थित सिर्सियाका किसान रामआधार रायले बताए। “यस समयमा धेरै खडेरी पर्छ, खेतमा प्रत्येक तीनदेखि पाँच दिनमा पानी हाल्नुपर्छ। सिँचाइको उपयुक्त प्रबन्ध छैन”, उनले भने।

जिल्लाका अधिकांश किसानले शुरुमा पम्पसेट र विद्युतीय मोटरबाट पानी हालेर चैते धानखेती गरेका भए पनि समस्या समाधान नभएको उनले जानकारी दिए। यदि स्थानीय तहले सिँचाइका लागि व्यवस्था गरे यहाँ चैते धानखेती र उत्पादन बढ्ने उनको भनाइ छ। बर्खे धानमा भन्दा चैते धानमा रोग कीराको समस्या कम रहने हुँदा धेरै उत्पादन हुने केन्द्र प्रमुख साहले दाबी गरे।

उत्पादन अनुपात हेर्ने हो भने, बर्खे धानभन्दा चैते धान धेरै फल्ने गरेको तथ्याङ्क छ। यहाँ बर्खे धान प्रतिहेक्टर ३।६४ मेट्रिक टन फल्छ भने चैते धानको उत्पादकत्व प्रतिहेक्टर ४।६६ मेट्रिक टन छ। यसले गर्दा चैते धानखेतीबाट किसानले प्रशस्त लाभ लिन सक्ने सम्भावना रहेको जनाइएको छ। चैते धानखेतीको क्षेत्रफल कम्तीमा सय हेक्टर पुर् याउन सके यसले धान आयातलाई केही हदसम्म प्रतिस्थापन गर्न सहयोग पुग्ने उनले बताए।

अधिकांश किसानले उपभोगका लागि बर्खे धान प्रयोग गर्ने भएकाले चैते धानबाट दैनिक गर्जो टार्ने गरेको पाइएको छ। आर्थिक उपार्जन प्रमुख लक्ष्य राखेर उत्पादन गरेको धानको मूल्यसमेत उपयुक्त नहुँदा चैते धानखेतीतर्फ किसान आकर्षित हुन नसकेको ईश्वरपुरका किसान रामभरोसी यादवले बताए। सरकारले चैते धानको समेत उचित समर्थन मूल्य तोकिदिनुपर्ने उनको माग छ।  थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP