Trending
flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे flash ७० प्रतिशत अनुदानमा कुखुरा पालन सामग्री वितरण flash विजयनगरको नवौँ गाउँसभाबाट ६८ करोड बढीको बजेट सर्वसम्मत पारित flash विजयनगर-६ मा जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई सम्मान flash कारागार तोडफोडपछि फरार भएका लागुऔषध मुद्दाका कैदी पक्राउ flash दक्ष जनशक्ति उत्पादनमा कपिलवस्तु प्रतिष्ठानको दृढ संकल्पका साथ अभिमुखीकरण कार्यक्रम सम्पन्न flash विजयनगरका पाँच विद्यालय जंक फुडमुक्त घोषित flash लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा flash ३५ दिने बारिष्टा तालिम सम्पन्न, २० युवायुवती सीपयुक्त

शिक्षक आन्दोलन स्थगित भएसँगै १२ कक्षाको परीक्षा चलाउन गण्डकीमा धमाधम अभिमुखीकरण

 

पर्वत : आन्दोलनरत नेपाल शिक्षक महासङ्घले २९ दिने आन्दोलन स्थगन गरेपछि कक्षा १२ को परीक्षा सञ्चालन गर्न धमाधम अभिमुखीकरण कार्यक्रम सञ्चालन सुरु भएका छन्।

गत वैशाख ११ गतेबाट सुरु हुने भनिएको परीक्षा आन्दोलनकै कारण वैशाख २१ मा सारिएको छ। आन्दोलनरत शिक्षक र नेपाल सरकारसँग वार्ता नमिल्दा सारिएको मितिमा पनि परीक्षा सञ्चालन गर्न चुनौतीपूर्ण हुने अवस्था देखिएको थियो। तर बुधवार राती शिक्षक महासङ्घ र सरकारबीच भएको बर्ता सहमतिमा पुगेपछि परीक्षाका लागि तोकिएका केन्द्राध्यक्ष तथा कर्मचारीहरूको लागि अभिमुखीकरण चलिरहेको छ।

राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत प्रदेश परीक्षा व्यवस्थापन कार्यालय गण्डकी प्रदेश पोखराका कार्यालय प्रमुख गोविन्दराज पोख्रेलका अनुसार बुधवार राती दुई पक्षबीच सहमति जुटेसँगै बुधवार रातीबाट नै प्रदेशका ११ वटै जिल्लाका केन्द्राध्यक्षहरूलाई परीक्षाको अभिमुखीकरण धमाधम सञ्चालन गर्न थालिएको छ। २१ गतेबाट परीक्षा सुरु हुनु पूर्व वैशाख १८, १९ र २० गते लगातार कार्यक्रमहरू सञ्चालनको तयारी भइरहेको कार्यालय प्रमुख पोख्रेलले बताए।

केन्द्राध्यक्षहरूलाई अभिमुखीकरण गर्दै उनले परीक्षालाई शान्त र मर्यादित रूपमा सम्पन्न गर्नको लागि केन्द्राध्यक्षहरूलाई निर्देशन दिए। शिक्षकहरूको आन्दोलन सकिए लगत्तै परीक्षा सञ्चालनको लागि आफूहरूले पूर्ण क्षमतामा काम गरिरहेको भन्दै कार्यालय प्रमुख पोख्रेलले परीक्षालाई शान्त र मर्यादित बनाउन अनुरोध गरे। विशेषतः अनुगमको नाममा धेरै व्यक्ति तथा टोलीहरू परीक्षा केन्द्र तथा परीक्षा चलिरहेको कोठामा छिर्ने गरेको भन्दै उनले त्यसलाई व्यवस्थित गर्न केन्द्राध्यक्षहरूलाई अनुरोध गरे।

वार्ता मिलेर शिक्षकहरू केन्द्रमा खटिन तयार भएसँगै बिहीबार पहिलो अभिमुखीकरण शिक्षा विकास तथा समन्वय इकाई पर्वतमा आयोजना भएको हो। जिल्लामा तय भएका सात वटा परीक्षाका केन्द्रका केन्द्राध्यक्ष तथा उनीहरूलाई सघाउने कर्मचारीहरूलाई राखेर संयुक्त रूपमा राखेर अभिमुखीकरण गरिएको हो। बिहीबार नै म्याग्दी सदरमुकाम बेनी बजारमा म्याग्दी र मुस्ताङका केन्द्राध्यक्ष तथा कर्मचारीहरूलाई राखेर अभिमुखीकरण गर्न लागिएको छ। यस्तै वैशाख १९ मा स्याङ्जा, बागलुङ, लमजुङ, मनाङ, गोरखा र कास्कीमा अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको छ।

जिल्ला स्तरीय परीक्षा समन्वय समिति पर्वतका संयोजक तथा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले गत चैतमा भएको एस.इ.ई. परीक्षा जस्तै कक्षा १२ को परीक्षालाई पनि मर्यादित र प्रशंसनीय बनाउन केन्द्राध्यक्षहरूमा अनुरोध गरे। विद्यार्थीले आफूमा भएका ज्ञान शान्तिपूर्वक लेख्न पाउने वातावरणको निर्माण गर्नु सबैको दायित्व भएको प्रजिअ घिमिरेको भनाई छ।

परीक्षा समन्वय समितिका सदस्य सचिव तथा शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख मतिलाल चपाइले अनुगमनकर्ताहरूले पालना गर्नुपर्ने नियम सहित परीक्षा सञ्चालन विधिको बारेमा केन्द्राध्यक्षहरूलाई जानकारी गराएका छन्।

परीक्षा चुस्त दुरुस्त रूपमा सञ्चालन गर्नको लागि सबै तयारीहरू पूरा भएको कार्यालय प्रमुख चपाइले बताए। १२ कक्षाको परीक्षामा पर्वतका सात वटा केन्द्रहरूबाट नियमिततर्फका एक हजार दुई सय ५४ तथा ग्रेड बुद्धितर्फका चार सय २७ जना गरी कुल एक हजार छ सय २१ जना परीक्षार्थीहरू सहभागी हुँदै छन् ।

परीक्षा सुरु हुने अघिल्लो दिन वैशाख २० गते तनहुँको शिक्षा विकास तथा समन्वय इकाईको कार्यालयमा कार्यक्रमको आयोजना गरिएको छ। मुख्यतः दुई दिनको अवधिमा नै आठ वटा जिल्लाका केन्द्राध्यक्षहरूलाई अभिमुखीकरण गरिँदै छ। प्रदेश परीक्षा व्यवस्थापन कार्यालय गण्डकीका अनुसार परीक्षा सञ्चालनको लागि गोरखामा १०, लमजुङमा छ, तनहुँमा १५, स्याङ्जामा २३, कास्कीमा ४४, मनाङमा एक, मुस्ताङमा एक, म्याग्दीमा पाँच, पर्वतमा सात र बागलुङमा १५ वटा गरी एक सय २५ केन्द्रबाट ३६ हजार दुई सय २२ जना परीक्षार्थीहरू परीक्षामा सहभागी हुँदै छन्।

थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP