Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

भोजपुरमा आगलागीमा परेर बालिकाको ज्यान गयो

भोजपुर – भोजपुरको अरुण गाउँपालिका–३ प्याउलीमा आगलागीमा परेर एक बालिकाको ज्यान गएको छ ।

स्थानीय कर्णबहादुर कार्कीको घरमा आगलागी हुँदा उहाँकी ३ वर्षीया नातिनी विष्णुमायाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

हिजो भएको आगलागीमा गम्भीर घाइते भएकी बालिकालाई प्राथमिक स्वास्थ्य चौकी प्याउलीमा उपचारपछि थप उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो । बाटोमा लैजाँदै गर्दा स्वास्थ्य अवस्था झन् बिग्रिएपछि तत्काल उपचारका लागि जिल्ला अस्पताल धनकुटा लगिएकोमा बालिकाको राति त्यहीँ ज्यान गएको प्रहरीको भनाइ छ ।

घरमा विद्युत सर्ट भइ आगलागी भएको प्रहरीले जनाएको छ । घरभित्र रहेका खाद्यान्न, नगद तथा लत्ता कपडा लगायत सम्पूर्ण समान जलेर नष्ट हुँदा करिब १७ लाख रुपैयाँ बराबरको क्षति भएको छ । 

प्रहरी र स्थानीयबासिन्दाको सहयोगमा आगो नियन्त्रणमा आएको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP