Trending
flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे flash ७० प्रतिशत अनुदानमा कुखुरा पालन सामग्री वितरण flash विजयनगरको नवौँ गाउँसभाबाट ६८ करोड बढीको बजेट सर्वसम्मत पारित flash विजयनगर-६ मा जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई सम्मान flash कारागार तोडफोडपछि फरार भएका लागुऔषध मुद्दाका कैदी पक्राउ flash दक्ष जनशक्ति उत्पादनमा कपिलवस्तु प्रतिष्ठानको दृढ संकल्पका साथ अभिमुखीकरण कार्यक्रम सम्पन्न flash विजयनगरका पाँच विद्यालय जंक फुडमुक्त घोषित flash लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा flash ३५ दिने बारिष्टा तालिम सम्पन्न, २० युवायुवती सीपयुक्त

सरकारको नीति तथा कार्यक्रम : कृषि मल कारखाना स्थापना कार्य अघि बढाइने

 

काठमाडाैँ : सरकारले आगामी वर्षको नीति तथा कार्यक्रममा पनि कृषि मल कारखाना स्थापनाको कार्य अगाडि बढाउने उल्लेख गरेको छ।

मुलुकभित्रै मल कारखाना स्थापना गरी रासायनिक मलको अभाव भोग्दै आएका किसानको समस्या समाधान गर्ने कागजी प्रतिबद्धता सरकारहरूले गर्दै आएका विज्ञ बताउँछन् । वर्तमान सरकारले पनि आगामी वर्ष रासायनिक मलको कारखाना स्थापना गर्नका लागि गर्न आवश्यक कार्य गरिने जनाएको छ।

रसायन तथा विषादीको आयात तथा प्रयोगलाई नियमन गरी यसको अधिक प्रयोगबाट मानव स्वास्थ्यमा पर्ने असर तथा जैविक विविधतामा आउने ह्रासको जोखिम न्यूनीकरण गरिने भन्दै सरकारले जैविक विषादीको उपयोगलाई प्रोत्साहन गर्ने नीति लिएको छ ।

माटोको जैविक गुणमा ह्रास आउन नदिन प्राङ्गारिक मलको उत्पादन तथा प्रयोगलाई प्रोत्साहन दिँदै दिगो कृषि उत्पादन प्रणाली प्रवर्द्धनको विशेष कार्यक्रम सञ्चालन गरिने सरकारको नीति तथा कार्यक्रम रहेको राष्ट्रपति पौडेलले बताए।

रासायनिक मल मूल्य, आपूर्ति र वितरण प्रकृयालाई परिमार्जन गरिने भन्दै सरकारले कृषि, पशुपन्छी र खाद्य प्रयोगशालाहरूको विद्यमान प्रत्यायनको दायरालाई विस्तार गरी अन्तरराष्ट्रिय प्रत्यायनयुक्त प्रयोगशालामा स्तरोन्नति गरिने बताएको छ।

कृषि योग्य भूमिको संरक्षण, बाँझो जमिनको उपयोग, चक्ला बन्दी र करार खेतीलाई प्रवर्द्धन गरिनेछ। जंगली जनावरबाट हुने क्षति न्यूनीकरणका लागि उपयुक्त प्रविधि प्रयोग गरिनेछ भने रैथाने बाली, बीउ, नस्ल र कृषि जैविक विविधताको संरक्षणलाई प्राथमिकता दिइने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ।
कृषि उत्पादन वितरण, भण्डारण र उपयोग शैलीलाई पोषणको अभिन्न अंगको रुपमा अघि बढाइने छ ।

कृषि सेवालाई सर्व सुलभ र पारदर्शी बनाउन डिजिटल प्रणाली विकास गरिनेछ। क्वारेन्टाइन र प्रयोगशाला सेवाको स्तरोन्नति गरिने छ। नेपाल कृषि अनुसन्धान परिषद (नार्क) पुनर्संरचना गरी कृषि अनुसन्धानलाई किसानमैत्री र नतिजामुखी बनाइने सरकारले जनाएको छ।

प्रधानमन्त्री कृषि परियोजना

प्रधानमन्त्री आधुनिकीकरण कृषि परियोजना पुनर्संरचना गरी यसलाई राष्ट्रिय एकीकृत कृषि उत्पादन प्रणालीको आधुनिकीकरण कार्यक्रमको रुपमा निरन्तरता दिइने भएको छ।

पुष्पलाल मध्यपहाडी लोकमार्ग, मदन भण्डारी राजमार्ग, वीपी राजमार्ग, हुलाकी राजमार्ग र करिडोरहरूलाई हरित व्यवसायमा आधारित आर्थिक मार्ग बनाइने सरकारले जनाएको छ।

थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP