Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

कपिलवस्तुकी सुस्मिताको हत्याका अभियुक्त सार्वजनिक, सासु, ससुरा र दुई नन्द संलग्न

लुदअ कपिलवस्तु
असार २ गते हेटौँडा –४ कर्रा सुर्यचोक स्थित आफ्नै घरको भान्छाकोठामा मृत अवस्थामा फेला परेकी २६ बर्षीया सुस्मिता केसी (क्षेत्री) को हत्यामा संलग्न ४ जनालाई मकवानपुर प्रहरीले आज सार्वजनिक गरेको छ ।

मकवानपुर प्रहरीले आज जिल्ला प्रहरी कार्यालय परिसरमा पत्रकार सम्मेलनको आयोजना गर्दै हत्यामा संलग्न अभियुक्त मृतककी ससुरा मृतकका ५८ वर्षीय ससुरा प्रकाश थापा, सासु ५० बर्षीया तुलसा थापा, नन्दहरू २७ बर्षीया दुर्गा थापा, २३ वर्षीय नन्द सीता थापालाई सार्वजजिक गरेको हो ।

पत्रकार सम्मेलनमा बोल्दै मकवानपुर प्रहरी प्रमुख एसपी सुशिल सिंह राठौरले घरयासी विबादमा ससुरा प्रकाश थापा, नन्द सिता थापा सहित परिवारका सदस्यले नै हत्या गरेको अनुसन्धनबाट खुलेको बताएका छन् । मकवानपुर प्रहरीले सुस्मिताको हत्या आरोपमा मृतकका ससुरा ५८ बर्षीय प्रकाश थापा र २३ बर्षीया नन्द सिता थापालाई असार ४ गतेनै पक्राउ गरी ज्यान सम्बन्धी कसुर मुद्दामा अनुसन्धन प्रकृया सुरु गरेको थियो। प्रहरीले १३ दिनको अनुसन्धान पश्चयात उनिहरुलाई सार्वजनिक गर्न सफल भएको हो ।

कपिलवस्तुको वाणगंगा माइती भएकी सुस्मितालाई आफ्नै घरको भान्सा कोठामा ससुरा, सासु र कान्छि नन्दले लाठि, लोरो लगायतले टाउकोमा हिर्काएर मारेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । जेठी नन्द दुर्गा थापा भने त्यसदिन काठमाडौँ भएको प्रहरीले जनाएको छ । हेटौँडा उप(महानगरपालिका वडा नम्वर ४ घर भएकी २६ बर्षकी थापा असार २ गते मृत अवस्थामा फेला परेकी थिईन् ।

प्रहरीको प्रारम्भीक अनुसन्धानबाट सुस्मितालाई ससुरा प्रकाश थापाले केही दिन अघि बाथरुममा यौन दूर्व्यवहारको प्रयास समेत गरेको खुलेको छ । अभियुक्तहरुलाई जन्मकैदको सजाँय माग गरिने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP