मानो रोपेर मुरी उब्जाउने असारको मध्य दिन आज धान दिवस कपिलवस्तुको शिवराज नगरपालिकामा पनि मनाइएको छ । शिवराज नगरपालिकाको वडा न ३ मदवामा भव्य रुपमा दिवश मनाएको हो । लक्ष्मी महिला तरकारी कृषक समुहको सहयोगमा बेठी लगाएरै खेतमा धान रोपाइँ गर्दै रोपाहार बीच आपसमा हिलो छ्यापाछ्यापका साथ धान दिवस मनाइएको हो ।कार्यक्रममा प्रदेश सासंद अजुर्न कुमार केसी,नगरप्रमुख नेत्रराज अधिकारी उपप्रमुख शिवकुमारी थारु र वडा अध्यक्षहरुले झण्डै १५ मिनेट रोपेका थिए । दिवशको अवशरमा बोल्दै प्रदेश सभा सदस्य केसीले कृषि पेसालाई आधुनिकीकरण गरेर व्यवसायकै रूपमा विकास गर्न सके कुनै पनि नेपाली परनिर्भर हुन नपर्ने बताउनु भयो । प्रदेश ५सरकारले कृषि कृषिकलाई अनुदान दिने योजना रहेको बताउनु भयो । कसैले पनि खाली जग्गा राख्न नपाउने भन्दै युवाहरु कृषि पेशामा स्थापित गर्न सरकारले ठुलो प्रयास गरेको बताउनुभयो । कार्यक्रममा बोल्दै शिवराज नगरपालिकाका नगर प्रमुख नेत्रराज अधिकारीले शिवराज हामी धानमा मात्र हैन अव सबै कृषि जन्य वस्तुमा आत्म निर्भर हुनु पर्ने बताउनु भयो । कार्यक्रम महिला समुहकी अध्यक्ष पुतली कुमारी खत्रीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।रोपाइ कार्यक्रममा प्रदेश सांसद अर्जुन कुमार के सी, शिवराज नगरपालीकाका नगर प्रमुख नेत्र राज अधिकारी विभिन्न सघं सस्थाका प्रमुख तथा प्रतिनिधि ,स्थानियहरु ,पत्रकार लगायतको उपस्थित रहेको थियो नेपालले २०६२ सालदेखि असार १५ लाई धान दिवसका रूपमा मनाउँदै आएको छ।असार १५ मा दही चिउरा खाने गरिन्छ । खेतमा आली लगाउने, वाउसे गर्ने, पानी पटाउने जस्ता कामको चटारोले थकित भएका किसानलाई दही र चिउराले शक्ति र शीतलता प्राप्त हुने जनविश्वास छ । खेतीपाती बाहेक अन्य पेसा र व्यवसाय रहेकाहरूले पनि आज दही च्यूरा खाइ असार १५ मनाउँदैछन् । १७ औं राष्ट्रिय धान दिवस मनाइएको छ।
प्रतिक्रिया