Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

सलह किरा नियन्त्रण सम्बन्धि कृषक वर्गहरुमा अत्यन्त जरुरी सुचना

मरुभुमि सलह किरा अफ्रिकी महादेश, पाकिस्तान र भारत हुँदै र्भखर मात्र नेपाल प्रवेश गरेको छ । यो ठुलो समुहमा हिँडने, अत्यन्तै हानिकारक फट्यांग्राको एक प्रजाति हो । औसतमा एउटा सानो सलहको झुण्डले (एकटन बराबरको) दिनमा बढिमा १० हात्ती वा २५०० मानिसले खाने आहारा बराबरको वनस्पतिहरु नष्ट गर्दछन् । यो सामान्यतया फट्यांग्रा जस्तै देखीन्छ । सलहको पहिलो अवस्थाको बच्चा कालो हुन्छ भने दोस्रो देखि पाँचौ अवस्थाको बच्चा कालो÷पँहेलो रगंका हुन्छन् । अपरिपक्व वयस्क गुलाबी हुन्छ र परिपक्व बयस्क पँहेलो रगंको हुन्छ । यो किरा करोडौंको संख्यामा हुन्छन र हरियो वनस्पनिलाई छोटो समयमा पात र डाँठ समेत खाएर सखाप पार्दछ ।
तर्सथ समयमै सचेत भई किरा व्यबस्थापनका उपायहरु अपनाउनुहुन अनुरोध छ ।
सलह किरा व्यवस्थापन
भौतिक तरिकाहरु
 जालोको पासोमा संकलन गरी कुखुरा, माछा वंगुर आदीको दाना बनाउनका लागि प्रयोग गर्न सकिन्छ ।
 सलह आउँदै गरेको अवस्थामा कुनै पनि माध्यम जस्तै आवाज, धुवाँ, आदिको प्रयोगबाट बस्न वाधा पु¥याइ झुण्डलाइ अन्यत्रै मोडिदिने ।
 थाल वा अन्य आवाज आउने बस्तु , माइक इत्यादी बाट चर्को आवाज निकाली भगाउने ।
 खेतको दुई छेउँबाट डोरी समाति बाली लाई हल्याएर किरा भगाउने ।
 नर्सरी, करेसाबारी जस्ता साना क्षेत्रफलमा हुने खेतीमा झुल वा जालीले छोपेर पनि बाली जोगाउन सकिन्छ ।
 प्लाष्टिक घर भित्रको बालीलाइ वरिपरिबाट कीरा छेक्ने जालीले बेरेर जोगाउन सकिन्छ ।
बिसादी द्वारा नियन्त्रण
यो किरा राति आराम गर्छ र विहान सूर्योदय पश्चात केही समय (१ देखि २ घण्टा) घाम तापेर बस्छ । विहानको यही बेलामा विषादी छर्कनु पर्दछ ।
निम्न बमोजमका बिषादीहरु मध्ये कुनै एक लाई उल्लेखित परिमाणमा छर्नु पर्दछ ।
 मालाथियन ५० प्रतिशत ई. सी. ४५ मि.ली. को दरले १५ लिटर पानिमा मिसाई छर्ने ।
 ल्याम्डा साइहेलोथ्रीन ५ प्रतिशत ई.सी. ११ मि.ली. को दरले १५ लिटर पानिमा मिसाई छर्ने ।
 क्लोरपाइरिफोस २० प्रतिशत इ.सी. २८ मि.ली. को दरले १५ लिटर पानिमा मिसाई छर्ने ।
 डेल्टामेथ्रीन २.८ प्रतिशत ई.सी. ११ मि.ली. को दरले १५ लिटर पानिमा मिसाई छर्ने ।
 डेल्टामेथ्रीन ११ प्रतिशत ई.सी. ३ मि.ली. को दरले १५ लिटर पानिमा मिसाई छर्ने ।


स्रोत : नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र हरिहरभवन, ललितपुर, २०७७ जेष्ठ

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP