Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

एमसीसीको म्याद थपबारे पुनर्विचार हुँदै, सहयोग सधैं उपलब्ध हुँदैन : अमेरिका

काठमाण्डाै – मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को अनुदान सम्झौता कार्यान्वयनको थालनी हुने म्याद थपको लागि गृहकार्य भैरहेको छ ।

आजसम्म सम्झौता अनुमोदन हुने सम्भावना टरेपछि यसको कार्यान्वयनमा जाने म्याद थपबारे पुनर्विचार भैरहेको मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालले जनाएको छ । 

एमसीए नेपालले विज्ञप्ति निकालेर कोभिड–१९ महामारी र संसदीय अनुमोदन प्रक्रियामा भएको ढिलाइका कारण कार्यान्वयन थालनी मितिमा पुनर्विचार आवश्यक देखिएको जनाएको हो । विज्ञप्तिमा भनिएको छ, ‘हालैका दिनमा भने विश्वव्यापी कोभिड–१९ महामारी तथा संसदीय अनुमोदन प्रक्रियामा भएको ढिलाइका कारण कार्य प्रगतिमा अवरोध सिर्जना भएको हुँदा कार्यान्वयन थालनीमा पुनःविचार आवश्यक देखिएको छ ।’

एमसीसी कार्यान्वयनका लागि पूर्वनिर्धारित मिति आज मङ्गलबारदेखि तय गरिएको थियो । आजदेखि सम्झौता कार्यान्वयन थालनी हुन नसक्ने परिस्थिति देखिएको एमसीए नेपालको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, ‘कम्प्याक्टको कार्यान्वयन थालनी मितिमा प्रवेश गर्न र यस कार्यक्रमलाई अगाडि बढाउनका लागि छिटोभन्दा छिटो संसदीय अनुमोदनसहितका बाँकी सबै पूर्वशर्त पूरा गर्नका लागि सम्बन्धित सबै पक्षसँग क्रियाशील रहेको छ ।’ एमसीए, एमसीसी सम्झौता कार्यान्वयनका लागि गठन भएको निकाय हो । 

एमसीसीको म्याद थपका विषयमा सरकार र एमसीसीका प्रतिनिधिबीच छलफल भैसकेको छ । एमसीए नेपालले बनाएको योजनाअनुसार एमसीसी सम्झौता गएको वर्ष नै संसदबाट अनुमोदन भएर आजदेखि कार्यान्वयनमा जानुपर्ने थियो । तर दलहरुबीच विवाद हुँदा सम्झौता अनुमोदन हुन सकेको छैन ।

सत्तारुढ दल नेकपाभित्रै एमसीसी सम्झौताको प्रावधानलाई लिएर विवाद छ । संसदबाट अनुमोदन भएपछि मात्रै सम्झौता कार्यान्वयन हुने पूर्वशर्त छ ।

ऊर्जा र भौतिक पूर्वाधारका क्षेत्रमा नेपाल सरकारको कूल ६४ अर्ब रुपैयाँ बराबरको यो परियोजनाका विषयमा सकारात्मक तथा नकारात्मक दुवै कोणबाट टीकाटिप्पणी भइरहेको छ । आयोजनाअन्तर्गत काठमाण्डौको नाङ्लेभारेदेखि बुटवलसम्म निर्माण हुने कूल ३१२ किलोमिटर लामो ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण हुनेछ । यस्तै कूल १०० किलोमिटर बराबरको सडक निर्माण हुनेछ । 

आयोजनाको कार्यान्वयनका लागि विभिन्न चरण तथा पूर्वशर्त पूरा भइसकेका छन् । आयोजनाका लागि केही ठाउँमा जग्गाप्राप्ति तथा अन्य कामसमेत सुरु गरिसकिएको छ । वन क्षेत्रको जग्गा प्रयोग र संसदीय अनुमोदनलगायतका काम भने बाँकी रहेको छ ।

ती काम अगाडि बढेपछि आयोजना कार्यान्वयनमा जानेछ । नेपालको ऊर्जा क्षेत्रका लागि कूल ४०० केभी क्षमताको प्रसारण लाइन असाध्यै महत्वको रहेको र ऊर्जा मन्त्रालयले तयार पारेको प्रसारण गुरुयोजनाको  समेत प्रमुख हिस्सा रहेको छ । 

एमसीसीको सहयोग सधैं उपलब्ध हुँदैन : अमेरिका

एमसीसी सम्झौता अनुमोदन गर्न ढिलाइ भएपछि अमेरिकाले यसबारे चासो व्यक्त गरेको छ । काठमाण्डौमा रहेको अमेरिकी दूतावासले सोमबार विज्ञप्ति निकालेर एमसीसी अनुदान तत्काल स्वीकार गर्न नसकेमा यस्तो सहयोग सधैं उपलब्ध नहुने जनाएको छ ।

संसदीय अनुमोदनमा ढिलाई गर्नुको मतलब नेपालीलाई फाइदा दिलाउन ढिलाई गर्नु हुने विज्ञप्तिमा उल्लेख छ । अनुमोदनमा ढिलाइ गर्नु भनेको झन्डै २ करोड ३० लाख नेपालीलाई थप रोजगारी तथा आर्थिक वृद्धिको फाइदा दिन ढिलाइ गर्नु हुने दूतावासको टिप्पणी छ । 

‘यो अनुदान स्वीकार गर्ने या नगर्ने नेपालको रोजाइको विषय हो । तर, यस अन्तर्गतको कोषको उपलब्धता सधैं खुला रहँदैन । यो कार्यक्रमको व्यावहारिकताको निरन्तरता सुनिश्चित गर्न नेपालमा ठोस कदम जरुरी छ’ विज्ञप्तिमा उल्लेख छ ।

एमसीसी सम्झौताले विद्युत प्रसारण पूर्वाधारको निर्माण र सडक मर्मतसम्भारका क्रियाकलाप गरेर २ करोड ३० लाख नेपालीलाई प्रत्यक्ष रूपमा फाइदा पुग्ने र एमसीसीको सहयोग प्राप्त हुने यी परियोजनाहरू नेपालले नेपाली नागरिकलाई लाभ हुने गरी तीन वर्षको समयावधिमा पहिचान गरी तयार गरेको पनि अमेरिकी दूतावासले स्मरण गराएको छ ।

दूतावासले निकालेको विज्ञप्तिमा नेपालीको नेतृत्व रहने एमसीसी सम्झौता अन्तर्गतका परियोजनाले आर्थिक वृद्धिका माध्यमबाट गरिबी न्यूनीकरणमा मद्दत गर्ने उल्लेख छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP