Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

काेराेनाविरुद्धकाे खाेप मानिसमा परीक्षण गर्ने तयारीमा भारत

काठमाण्डौ – भारतमा कोरोना भाइरसविरुद्ध बनाइएको एउटा खोपको जुलाई महिनामा मानिसमा परीक्षण गरिने भएको छ । हैदराबादको एक फर्मा कम्पनी ‘भारत बायोटेक’ ले बनाएको खोप परीक्षणमा स्वयंसेवीहरु सहभागी हुने भएका छन् । 

कम्पनीले यो खोपको मानिसमा चाँडै नै परीक्षण सुरु गरिने दाबी गरेको छ । तर कति जना स्वयंसेवीलाई यो खोप दिइने भन्नेबारेमा कम्पनीले जानकारी दिइसकेको छैन । 

कम्पनीका अनुसार जनावरमाथि यो खोप परीक्षणको नतिजा उत्साहजनक र सुरक्षित पाइएको छ । विश्वका विभिन्न देश अहिले कोरोनाविरुद्धको खोपको परीक्षण गरिरहेका छन् । 

विशेषज्ञहरुका अनुसार अहिले एक सय २० भन्दा धेरै खोपको कार्यक्रम चलिरहेको छ । झण्डै आधा दर्जन भारतीय फर्मा कम्पनी कोरोना भाइरसको खोप बनाउन लागिपरेका छन् । 

मानव परीक्षणसम्म पुगेको, भारतमा बनेको यो पहिलो कोरोना खोप हो । भारतमा औषधिको नियामक संस्थाले पनि भारत बायोटेकको खोप मानवमा पहिलो र दोस्रो चरणमा क्लिनिकल ट्रायल गर्न अनुमति दिएको छ । 

भारत बायोटेकले जारी गरेको विज्ञप्ति अनुसार, ‘कम्पनीको प्रि–क्लिनिकल अध्ययन र खोप सुरक्षित भएको दस्तावेज जम्मा गरेपछि क्लिनिकल परीक्षणको अनुमति मिलेको हो ।’  

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP