Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

प्रधानमन्त्रीलाई ब्लेम गेम र प्राेक्सी वार अन्त्य गर्न सुझाव दियाैँ : मन्त्री भट्टराई

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीलाई ब्लेम गेम र प्रोक्सी वारको अवस्थालाई अन्त्य गर्न सुझाव दिएको पर्यटन मन्त्री योगेश भट्टराईले बताउनुभएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष ओलीले केही मन्त्री र पार्टीका स्थायी कमिटी सदस्यहरुलाई बोलाइ स्थायी कमिटीमा देखिएको विवादको विषयमा छलफल गर्नुभएको थियो । छलफलमा सहभागी भएका नेताहरुले पार्टीमा ब्लेम गेम र प्रोक्सी वारको अवस्थालाई अन्त्य गर्न पहलकदमी लिन सुझाव दिएको मन्त्री भट्टराईले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘यो अहिले जुन पार्टीभित्र ब्लेम गेम चलिरहेको छ, प्रोक्सी वार चलिरहेको छ, यो ब्लेम गेम र प्रोक्सी वारलाई अन्त्य गर्नुपर्‍याे भन्ने सुझाव हामी सबैले राखेका छौँ । घटनाक्रमहरु हेर्दा पार्टीको उच्च नेतृत्व तहमा एउटा चरम सङ्कट, खासगरी विश्वासको सङ्कट उत्पन्न भएको देखिन्छ । त्यस सन्दर्भमा हामीले भन्यौँ– यसको समाधान पनि तपाईँहरुले आपसी संवाद र विमर्श बाहेक अन्यत्र खोज्न सकिँदैन । त्यसैले दुई वटा अध्यक्षको बीचमा एउटा राम्रो हार्दिक सम्बन्ध हुनुपर्‍याे । पार्टीको सचिवालयमा राम्रो सम्बन्ध हुनुपर्‍याे । स्थायी कमिटीको बीचमा सम्बन्ध हुनुपर्‍याे र सिङ्गो केन्द्रीय कमिटी र पार्टी पङ्क्तिमा एउटा हार्दिक भावना विकास हुनुपर्‍याे, त्यसका निम्ति पार्टी अध्यक्ष र प्रधानमन्त्रीको रुपमा तपाईँले नै ज्यादा पहलकदमी लिनुपर्‍याे भनेका छौँ ।’

उहाँले स्थायी कमिटीको बैठकलाई केही दिन रोकेर भए पनि सचिवालय बैठकमा छलफल गरी एउटा साझा धारणा बनाएर आउनसमेत सुझाव दिइएको बताउनुभयो । उहाँले विभिन्न कालखण्डमा मृत्युलाई जितेर आएका नेताहरुले समस्या हल गर्न नसक्ने र विभाजनतिर जाने हो भने इतिहासले लखेट्ने भएकाले सहमति र एकतालाई सुदृढ बनाएर जान सुझाव दिइएको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘यतिधेरै मृत्युलाई जितेर आउने नेताहरुले आजका यी सानातिना समस्याहरुलाई हल गर्न सकिँदैन र हामी विभाजनतिर जान्छौँ भन्ने हो भने तपाईँहरुको योग्यतामाथि गम्भीर प्रश्न उठ्छ । तपाईँहरुलाई खालि कार्यकर्ताले मात्रै प्रश्न उठाउँदैनन्, जनताले प्रश्न उठाउँछन्, इतिहासले प्रश्न उठाउँछ र तपाईँहरुको मृत्युपछि पनि तपाईँहरुको जीवनपछि पनि इतिहासले तपाईँहरुलाई लखेटिरहन्छ । यो कदम कुनै पनि हालतमा नेकपालाई सैह्य हुँदैन । तपाईँहरु सचेत हुनुपर्‍याे, संवाद गर्नुपर्‍याे, छलफल गर्नुपर्‍याे, समाधान निकाल्नुपर्‍याे । त्यसमा हाम्रो सहयोग चहिन्छ भने हामीलाई बोलाउनुहोस् भनेका छौँ ।’

मन्त्री भट्टराईले एकपल्ट आ–आफ्नो इतिहास पढेर समाधान निकाल्नतर्फ ध्यान दिनसमेत आग्रह गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘एकपल्ट नेताहरुले आफ्नो इतिहास पढ्नुपर्‍याे । आफैलाई बुझ्नुपर्‍याे, आफू कसरी आइयो, कुन जगबाट आइयो, कसरी सिंहदरबारमा शासन गर्न आइपुगियो, कसरी पार्टीको अध्यक्ष भइयो, वरिष्ठ नेता भइयो, त्यो एकपल्ट उहाँहरुले आफ्नो इतिहास खोतल्नुभयो भने समाधान निस्किन्छ अनि अर्काका दुःख, अर्काका पीडा पनि उहाँहरुले बुझ्नुभयो भने फेरि हामी एकै ठाउँमा हुन्छौँ ।’

उहाँले हिजोको बैठकमा नेताहरु प्रस्तुत भए अनुसार वरिष्ठ नेताहरुको बीचमा नै आरोप–प्रत्यारोप भएको स्पष्ट भइसकेको बताउनुभो । यसले पार्टीलाई संवेदनशील बनाएकोले देशभरका कार्यकर्ताहरु स्तब्ध भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हिजोको बैठकमा कार्यसूचीको अलवा अहिलेका केही ज्वलन्त विषयहरुमा छलफल भयो । त्यो छलफलको क्रममा मूलतः पार्टीका वरिष्ठ नेतारुको बीचमा नै पार्टीका दुई वटा अध्यक्षको बीचमा, वरिष्ठ नेताहरुको बीचमा र अरु स्थायी कमिटीका साथीहरुको बीचमा आरोप–प्रत्यारोप गर्ने काम भयो र त्यसले बैठकलाई धेरै संवेदनशील पनि बनायो र सिङ्गो देशभरका पार्टी सदस्यहरु स्तब्ध भए, नेपाली जनता स्तब्ध भए । यो अवस्थामा अव पार्टीलाई कसरी अगाडि बढाउने र हिजोको बैठकको सिन हेर्दा खेरि नेकपा एउटा निकै नै आन्तरिक हिसाबले सङ्कटमा छ भन्ने कुरा सहजरुपमा बुझिन्छ ।’

मन्त्री भट्टराईले समस्याको समाधान पार्टी आफैले गर्न सक्नुपर्ने बताउनुभयो । अहिले उठेका समस्याहरुलाई हल गर्दै नयाँ जगमा फेरि पार्टीलाई एकताबद्ध बनाउनुपर्ने सुझाव दिएको उहाँले बताउनुभयो । उहाँले पार्टी र सरकारको बीचमा एकदमै समन्वयात्मक र घनिष्ठ सम्बन्ध स्थापित हुनुपर्ने बताउनुभयो । सरकारले पार्टीलाई सहयोग गर्नुपर्‍याे र पार्टीले सरकारको अपनत्व लिनुपर्‍याे भन्ने सुझाव दिइएको उहाँले जानकारी दिनुभयो ।  

उहाँले सचिवालय बैठकमा छलफल गर्न र समाधान निकालेर प्रस्ताव ल्याउन सुझाव दिइएको बताउनुभयो । उहाँले वरिष्ठ नेताहरुले तातो दिमागले नभइ सबैले टाउकोमा बरफ राखेर छलफल गर्नसमेत सुझाव दिइएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘स्थायी कमिटीको आजको बैठकमा पनि हामी छलफल गछौँ । एकपल्ट आफ्नो–आफ्नो टाउकोमा बरफ राखेर छलफललाई अगाडि बढाउनुपर्‍याे ।’

निर्वाचन आयोगमा एमाले नामको दल दर्ता भएको विषयमा दल दर्ता गर्ने स्वतन्त्रता सबै नागरिकलाई भएको तर आज जुन तहको छलफल बैठकमा हुँदै छ त्यो तहको वेटेज र ग्राभिटी राख्छ भन्ने विश्वास आफूलाई नलागेको मन्त्री भट्टराईले बताउनुभयो ।  

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP