काठमाण्डाै – नेकपा स्थायी कमिटीको आजको बैठक सकिएको छ । पाँच जना स्थायी कमिटीका सदस्यले आफ्नो धारणा राखेपछि आजको लागि बैठक सकिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
नेपाली कांग्रेसकी समानुपातिक सांसद ज्ञानकुमारी छन्त्यालको निधनमा संसद्ले शोक प्रस्ताव पारित गर्ने भएपछि आजको लागि बैठक सकिएको हो । आज पेशल खतिवडा, नन्द प्रसाईँ, लिलामणि पोख्रेल, योगेश भट्टराई र मातृका यादवले धारणा राख्नुभएको छ ।
अर्को बैठक बिहीबार बिहान ११ बजे बस्नेछ । हिजोको बैठकमा शीर्ष नेतासहित १८ जना स्थायी कमिटीका सदस्यले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरे पनि ओलीले बुधबार बिहान केही नेताहरुसँग सुझाव लिनुभएको छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया