Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

कोरोना भाइरसका कारण विश्वभर ५ लाखको मृत्यु, ५८ लाख निको भएर घर फर्किए (अपडेट)

पेरिस । कोरोनाभाइरसबाट सङ्क्रमित भएर विश्वभरी बुधबारसम्ममा ५ लाखभन्दा बढीको मृत्यु भएको छ ।  विश्व स्वास्थ्य संगठनका अधिकारीहरुले दिएको पछिल्लो विवरणअनुसार संसारभर मृत्यु भएकाहरुको संख्या ५ लाख १४ हजार ३२२ रहेको छ ।

विश्वभरी अहिलेसम्म सङ्क्रमणमुक्त भएकाहरुको संख्या ५८ लाख १२ हजार १० पुगेको छ भने कूल सङ्क्रमितको संख्या एक करोड ६ लाख नाघेको छ ।  कुल सङ्क्रमितहरुको संख्यामध्ये सबैभन्दा धेरै अमेरिकामै रहेको पाइएको छ ।

अमेरिकामा अहिलेसम्म २७ लाख २७ हजार ९९६ जना सङ्क्रमित भएका छन् । कोरोनाका कारण अमेरिकामा मृत्यु हुनेको संख्या एक लाख ३० हजार १२३ पुगेको छ ।

कोरोनाबाट दोस्रो धेरै प्रभावित हुने देशमा अहिले ब्राजिल भएको छ । शुरुमा प्रभावितको सूचीमा पछाडी नै रहेको ब्राजिल अहिले अग्रस्थानमा छ । ब्राजिलमा अहिलेसम्म १४ लाख आठ हजार ४८५ जना सङ्क्रमित भएका छन् भने ५९ हजार ६५६ जनाको मृत्यु भएको छ ।

त्यसैगरी तेस्रो धेरै प्रभावित भएको रुसमा छ लाख ५४ हजार ४०५ जना सङ्क्रमित हुँदा नौ हजार ५३६ जनाको मृत्यु भएको छ ।सङ्क्रमितहरुको संख्याका आधारमा चौथोमा भारत, पाँचौमा बेलायत, छैठौँमा स्पेन, सातौमा पेरु, आठौँमा चिली, नवौँमा इटाली र दशौँमा इरान रहेका छन् ।

कोरोनाका कारण विश्वभरी सङ्क्रमितहरुको संख्यामा कमी नआए पनि मानवीय गतिविधिहरुमा बृद्धि हुन थालेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP