Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

डल्फिन मन पराउने पर्यटकलाई कोरोनाले रोकेन

कैलाली – कोभिड–१९ का कारण पर्यटन वर्ष प्रभावित भए पनि प्रकृतिप्रेमी पर्यटकलाई भने रोक्न सकेको छैन । वर्षायाममा कैलालीका नदीमा देखिने डल्फिनकाे विदेशी पर्यटकले अवलोकन गरेका छन् । 

लकडाउनमा नेपालमै रहेका इङ्ल्याण्डका दुई र नेदरल्याण्डका एक जना पर्यटक टीकापुर नगरपालिका ७ काे बैदी पुगेर डल्फिन अवलोकन गरेका हुन् । 

बर्दियाको ठाकुरद्वारमा बसेका उनीहरु डल्फिन अवलोकन गरी रमाएको डल्फिन जलचर तथा जैविक विविधता संरक्षण नेपालका अध्यक्ष भोजराज ढुङ्गानाले बताउनुभयो । ‘नजिक-नजिक डल्फिन देखिएपछि उनीहरु खुसी भए’, उहाँले भन्नुभयो । 

अहिलेसम्म पाँच वटा बच्चा र १० वटा वयस्क गरी १५ वटा डल्फिन देखा परेका छन् । मोहना, पथरैया, काँढा गरी तीन वटै नदी र गैरी खोलाको दोभानमा डल्फिन देखा परिरहेको जैविक विविधता संरक्षण कार्यालयले जनाएकाे छ । विश्वमै दुर्लभ मानिने गङ्गेटिक प्रजातिको डल्फिन अवलोकनकाे लागि कैलालीमा हरेक वर्ष विदेशी पर्यटक पुग्ने गरेका छन् । 

कोरोना भाइरसकाे कारण देशकै पर्यटन यस वर्ष प्रभावित भए पनि डल्फिन अवलोकनकाे लागि विदेशी पर्यटक पनि आइपुग्दा उत्साह थपिएको ढुङ्गानाले बताउनुभयो । ‘हरेक दिन आन्तरिक पर्यटक पनि डल्फिन अवलोकनका लागि पुगिरहेका छन्’, उहाँले भन्नुभयो, ‘कोरोनाले पर्यटक आगमनलाई रोक्न सकेको छैन ।’ 

मनसुन सिजनभरि यहाँका नदीहरुमा देखिने डल्फिनले पर्यटनमा ठूलो टेवा पुर्‍याउने स्थानीयको अपेक्षा छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP