Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

‘तीन महिना भयो, कुवेतमा एक छाक खाएर जीवन धानिरहेका छौं’

काठमाण्डौ – दुई, चार वर्ष परिवारसँग टाढा भए पनि धन कमाउने र बाँकी जीवन परिवारसँगै रमाउने । परदेश जाने धेरैको साझा सपना हो यो ।

तर कमाउन गएको मानिस आफैं भोकभोकै बस्नुपर्ला भनेर कसले सोचेको हुन्छ र ? साहुसँग ऋण काढेर भविष्यको जोहो गर्न सपनाको सहर जानेहरुले पक्कै पनि यस्तो सोचेका हुँदैनन् ।

तर कहिलेकाहीँ नसोचेकै भइदिन्छ । कुवेत पुगेका मकवानपुरका अदिप कुमार मोक्तान लगायत अरु नौ जनाको अवस्था अहिले यस्तै छ । 

कुवेतको फरवानियाँ भन्ने ठाउँ । तीन महिना अघिसम्म बेकरी पसलमा उनीहरुको दैनिकी बित्थ्यो । तर अप्रिल १२ मा लकडाउन भएदेखि सबैजना एउटा बन्द कोठाभित्र लकडाउन खुल्ने प्रतीक्षामा बसिरहेका छन् । यी तीन महिनामा भोको पेटसँग सम्झौता गर्नुपरेको छ, दिनमा एक छाक मात्र खाएर ।

‘यो तीन महिनाको जस्तो समस्या त कहिल्यै भोगेको  थिइनँ’ अदिप भन्नुहुन्छ, ‘तीन महिनादेखि एक छाक मात्र खाएर जीवन धानिरहेका छौं ।’

नेपालमा हुँदा रोजगारी नभए पनि यसरी पेटसँग सम्झौता गरेर बस्नु परेको थिएन । तर कुवेत पुगेपछि अहिले तीन महिनाको अवधिमा जीवनको नमिठो स्वाद भोगिरहेका छन् अदिपलगायत सबैजनाले ।
साहुले हेरेनन्, दूतावासले पनि सुनेन

साहुले केही सहयोग गरेको भए एक छाक खानुपर्ने अवस्था आउँदैनथियो भन्ने लाग्छ अदिपलाई । सबैजना एउटै कम्पनी, बेकरी फ्याक्ट्रीमा काम गर्थे । कुवेत सरकाले देशव्यापी लकडाउन घोषणा गरेपछि बेकरी बन्द भयो । बेकरी बन्द भएपछि साहुले पनि हेर्न छाडे । साथमा भएको पैसा सकियो । खान समस्या भयो भनेर फोन गर्दा साहुले फोन उठाउन छोड्यो । त्यसपछि सुरु भयो भय र भोकको दैनिकी । 

‘लकडाउन हुनुभन्दा पहिले पनि साहुले दुई महिनाको एक पटक तलब दिन्थे’ अदीप भन्नुहुन्छ, ‘लकडाउन भएपछि त तलब दिएकै छैन, काम गरेको दुई तीन महिनाको तलब रोकेर राखेको छ हामीहरुको ।’

सुरुमा त लकडाउन मात्र थियो । पछि त्यस क्षेत्रमा कोरोना सङ्क्रमित धेरै देखिएपछि कुवेत सरकाले त्यो ठाउँलाई नै सिल गरिदियो । कफ्र्यु पनि लागू गर्यो । त्यसपछि समस्यामाथि झन् समस्या थपिए । अब त कसैलाई सहयोग मागौं भने पनि न कोही त्यो ठाउँसम्म आउन सक्थे, न त त्यो ठाउँबाट बाहिर नै जान मिल्थ्यो । 

दूतावासबाट भन्न लगाएर जसोतसो एकपटक साहुले एक सय कुवेती दिनार त दिए । तर त्यति रकमले नौ जनालाई खान बस्न कति दिन चल्थ्यो र ? साहुले दिएको एकसय केही दिनमै सकियो । बीचमा लकडाउनले गर्दा खाद्यान्नको भाउ आकासियो । त्यतिबेला सबैसँग साथमा भएको पैसा पनि सकियो । 

त्यसपछि साहुले फोन उठाउनै छाडे । सबैजना निकै आत्तिए । आत्तिनु स्वभाविक पनि हो । अर्काको ठाउँमा, त्यो पनि कर्फ्यु लागेको बेला । साथमा पैसा छैन, खाद्यान्न सकियो । भोकभोकै मरिने हो कि भन्ने चिन्ताले पिरोल्न थाल्यो ।

सहयोगको लागि उनीहरुले नेपाली दूतावासमा फोन गरे । तर दूतावासले एकले अर्काेलाई, अर्कोले अर्कोलाई फोन गर्न मात्र लगाइरहे । आफ्नो गुनासो सम्बोधन भएन भन्नुहुन्छ अदिप ।

फेसबुकमार्फत पाइयो राहत

त्यसपछि के गर्ने ? कसैसँग पनि कुनै उपाय थिएन । भोको पेटले न उपाय सुल्झाउँछ न त हौसला नै दिन्छ । 

अब फेसबुकमा हारगुहार गर्नुको विकल्प नै थिएन । त्यसपछि सबैजनाले आफू समस्यामा परेको भनेर फेसबुकमा राखेपछि ‘कुवेत रेस्पोन्स’ले समस्या सुन्यो । 

‘कुवेतमा समस्यामा परेका नेपालीहरुलाई सहयोग गर्ने एक समूह रहेछ, उहाँहरुले नै हाम्रो समस्या बुझ्नुभयो र यहाँसम्म पुगेर राहत दिएर जानुभयो’, त्यो दिन सम्झेर अझै पनि अनुहारमा मुस्कान छाउँछ अदिपको । यसरी सहयोग नपाएको भए अहिलेसम्म अवस्था कस्तो हुन्छ, उहाँहरु सोच्न पनि सक्नुहुन्न । 

राहतमा २५ किलो चामल, आधा किलो दाल, पास्ता र केही यस्तै फास्टफुड पाउनुभएको थियो । दिनमा एक छाक खाएर जसोतसो आजसम्म चल्यो, अब त्यो पनि सकिन थालिसक्यो । फेरि अब के गर्ने भन्ने चिन्ताले छोपेको छ ।

कोठाबाट निकालिने डर

खान बस्न निःशुल्क भन्ने शर्तमा सबैजना कुवेत पुगेका हुन् । त्यही अनुसार थियो पनि । सबैजना साहुले भाडामा लिएर राखेको फ्ल्याटमा बस्थे । तर लकडाउन भएपछि साहुले फ्लाइटको भाडा नतिरिदिदा फ्ल्याट साहुले बिजुलीको तार, वाइफाइ काटिदिने गरेको अदिप बताउनुहुन्छ ।

कुवेतको ५० डिग्रीको गर्मीमा बिजुली बिना बस्नुपर्दाको पीडा पनि उहाँहरुले भोग्नुभयो । तर पछिल्लो समय त्यहाँको सरकारले लकडाउनको अवधिभर बिजुली नकाटिदिनु भनेपछि केही राहत भएको भए पनि साहुले भाडा नतिरिदिने हो भने आफूहरुको बिचल्ली हुने उनीहरु बताउँछन् ।

दूतावासको सूचीमा नाम त आयो, तर जाने कसरी ?

उनीहरुको समस्या थाहा पाएपछि दूतावासले फर्किनेको सूचीमा नाम राखिदिएको छ । अब दूतावासले निर्णय गरेर फर्किने दिन पनि तोक्छ । तर आफूहरुसँग एक छाक टार्नसमेत समस्या भइरहेको बेला त्यति महंगो भाडा तिरेर घर फर्किन नसक्ने बताउनुहुन्छ, अदिप ।

अदिपले काम गरेको डेढ महिनाको तलब एकसय ६० कुवेती दिनार लिन बाँकी छ । यस्तै कसैले एक त कसैले दुई महिनाको तलब लिन बाँकी छ । त्यो पैसा साहुले दियो भने त जान हुन्थ्यो भन्ने लागेको छ सबैलाई । तर साहूले फोन नै उठाउँदैन, यही कुराले सबै निराश छन् ।

‘एकसय ३० केडी भाडा तोकेको छ जहाजको, हामीसँग एक कौडी पनि छैन’, अदिप भन्नुहुन्छ, ‘साहूले काम गरेको महिनाको तलब दियो भने त्यसैमा जान हुन्थ्यो, तर साहु पनि फोनै उठाउँदैन ।’

आममाफीमा सहभागी भएकाहरुलाई त त्यहाँको सरकारले आफ्नै खर्चमा नेपालसम्म ल्याइदिएको छ । तर आफूजस्तै समस्या भएकाहरुलाई सरकारले के गरिरहेको छ अदिपलाई थाहा छैन । 

पैसा तिरेर टिकट काट्न नसक्नेहरुलाई सरकारले निःशुल्क ल्याइदिने भनिए पनि कहिले हुन्छ र त्यसमा आफू पनि परिने हो कि होइन कुनै भर नभएको जस्तो लाग्छ अदिपलाई ।

सरकारले विदेशमा गएर एक वर्षभन्दा कम समय भएकाहरुलाई मात्र फर्काउने भन्ने सुनिनमा आएको भए पनि त्यसभित्र आफू परिंदैन भन्ने अदिपलाई थाहा छ । किनकी उहाँ कुवेतमा जानुभएको दुई वर्ष पुग्न लाग्यो ।

अन्तिम भरोसा भनेको साहु नै भए पनि उसले आफूले बेकरी बेचिसकें तिमीहरु जे गर्छौ गर भनेर फोन उठानउन छाडेपछि अदिप लगायत सबै जना आत्तिएका छन् । 

‘न त सरकारले नै केही गर्छ न त साहु नै जिम्मेवार छ’, अदिप प्रश्न गर्नुहुन्छ, ‘के अब हामी भोकभोकै छटपटाएर मर्ने त ?’

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP