Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

अर्घाखाँचीबासी आगो बालेर थाल ठटाउँदै, सलह किराले मकैबाली नष्ट (फाेटाे फिचर)

श्याम घिमिरे
सन्धिखर्क, अर्घाखाँची असार १७ । शनिबार मात्रै नेपाल प्रवेश गरेको सलह किरा अर्घाखाँचीमा पनि आईपुगेको छ । जिल्लाका ६ वटै स्थानिय तहमा सलह देखिएको छ । सलहले आकाश ढाकेपछि स्थानीयहरु आगो बालेर थाल ठटाउँदै सलह धपाउन लागिपरीरहेका छन् ।

गाउँभरी सलह फैलिएर मकै तथा तरकारी बाली खान थालेपछि कृषकहरु कसरी खेतीबाली जोगाउ सकिन्छ भनेर चिन्तित समेत बनेका छन् । बारीमा भएको मकैभरि सलहले ढाकेको मालारानी ९ का कृषक दधिराम घिमिरेले बताउनुभयो । हुर्कदै गरेको बाली सलहले नष्ट गरेपछि खाद्यान्न अभाव हुने हो कि भन्ने चिन्तामा आफुहरु रहेको उहाँको भनाई रहेको छ ।

यसैबिच जिल्लाका केही क्षेत्रमा सलहले मकैबाली नष्ट गरेको कृषि ज्ञानकेन्द्र अर्घाखाँचीका प्रमुख दिबेशकुमार मिश्रले जानकारी दिनुभयो । मिश्रले सलह नियन्त्रणकालागी सबै स्थानिय तहहरुसंग समन्वय भएकोपनि बताउनु भयो । उहाँले प्रत्येक पालीकामा कृषि प्राबिधिकहरु रहेकोले आबश्यक परामर्शकोलागी पालीकामा रहेका कृषि प्राबिधिकसंग समन्वय गर्न पनि आग्रह गर्नुभयो ।

मिश्रले सलह कीरा देखिएमा धुवाँ लगाउने, थाल ठटाउने र अन्य ध्वनिको प्रयोग गर्ने लगायतका बिधिहरु अपनाएर सलहलार्ई बालिनालीमा बास बस्न बाट रोकथाम गर्न सकिने भन्दै कृषकलाई यो बिधि अपनाउन आग्रह गर्नुभएको छ । यस्तै ज्ञानकेन्द्रले हतासमा आत्तिनुभन्दा धैर्यपूर्वक रहन र सम्पूर्ण एग्रोभेट तथा कृषक समुह सहकारीलाई क्लोरिफाईरिफस, डेल्टामेथ्रिन, मालाथिन, ल्याम्डा साईहेलोथ्रिन लगायतका विषादिको स्टक राख्न समेत अनुरोध गरेको छ ।

उता सलह किरा नियन्त्रणका लागि भूमी व्यवस्था तथा कृषि सहकारी मन्त्रालय प्रदेश नम्बर ५ ले एक केजी सलह संकलन गर्नेलाई २० रुपैयाँ दिने निर्णय यसअघि गरी सकेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP