Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

नेपालमा रहेको सलहको झुण्ड विखण्डन, अर्को झुण्ड भारतमै

काठमाण्डाै – सलहको नयाँ झुण्ड अहिलेसम्म नेपाल प्रवेश नगरेको कृषि मन्त्रालयले जनाएको छ ।

कृषि मन्त्रालयल अन्तर्गतको प्लान्ट क्वरेण्टीन तथा विषादी व्यवस्थापन केन्द्रका अनुसार भारतको पूर्वी क्षेत्रबाट सलह नेपाल छिर्ने सम्भावना छ । केन्द्रका अनुसार हिजो सलहको एक झुण्ड भारतको भागलपुर तथा मोतिहारीमा रहेको र अर्को झुण्ड कुशिनगरबाट चम्पारण जिल्लातर्फ उडेको छ । सलह दार्जीलिङ र सिलिगुढीसम्म पुग्ने अनुमान गरिएको छ ।

त्यो सलहको झुण्ड नै नेपालमा प्रवेश गर्ने सम्भावना छ । पूर्वी तराई हुँदै तल्लो पहाडमा आउनसक्ने विश्लेषण गरिएको केन्द्रका प्रमुख सहदेव हुमागाई्ंले उज्यालोलाई जानकारी दिनुभयो । कतैबाट सलह आउने सूचना प्राप्त भएमा पनि आवश्यक सावधानी अपनाउने र समुदायलाई जानकारी गराउन समेत कृषि मन्त्रालयले आग्रह गरेको छ । सलह देखिएमा तत्कालै पालिका, प्रहरी र कृषि ज्ञान केन्द्रमा खबर गर्न उहाँको अनुरोध छ । 

कुनै स्थानबाट सलह उडेको देखेमा कुन दिशामा गइरहेको छ, त्यसको आकार लगायत आवश्यक सूचना सम्बन्धित निकायमा जानकारी गराउन आग्रह गरिएको छ । आफ्नो क्षेत्रमा बस्ने सम्भावना देखिएमा भाँडाकुँडा, बाजागाजा र साइलेन्सर हटाएको मोटरसाइकलको हर्न बजाउने, लाउड स्पिकरमा आवाज दिने, धुवाँलगाउने वा कुनै माध्यमबाट बाधा पु¥याई झुण्डलाई अन्यत्रै मोड्न सकिने विज्ञको भनाइ छ ।

नर्सरी तथा करेसाबारी जस्ता साना क्षेत्रमा हुने खेतीमा झुल तथा जाली लगाएर छोपेर पनि जोगाउन सकिन्छ । धानखेतमा पानी जम्मा गर्न सकेमा नोक्सानी कम हुनेछ । टनेल भित्रको बालीलाई कीरा छेक्नसक्ने गरी बेरेर राख्न समेत विज्ञहरुले आग्रह गरेका छन् । 

भारत हुँदै नेपाल भित्रिएको सलह कीरा नेपालका धेरै जिल्लामा फैलिसकेको छ । झण्डै ८० देखि ९० लाखको सङ्ख्यामा नेपाल भित्रिएको सलहको झुण्डको फैलावट धेरै भए पनि विखण्डन हुँदै गएको कीट विज्ञको भनाइ छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयद्वारा सलह कीरा अध्ययनका लागि गठित प्राविधिक कार्यदलका सदस्य तथा कीट विज्ञ समुन्द्रलाल जोशीले नेपालमा भित्रिएको सलह विभाजन हुँदै गएकाले ठूलो क्षति निम्त्याउने खतरा नदेखिएको बताउनुभयो ।

उहाँले भारतबाट नेपालको सीमा नजिक अन्य झुण्डहरु आउँदै गरेकाले थप झुण्ड प्रवेश गर्नसक्ने सम्भावना कायमै रहेको समेत बताउनुभयो । कृषि मन्त्रालयका अनुसार सलहले देशका केही जिल्लामा देखिने गरी नै क्षति पुर्‍याएको छ । बारामा मकै तथा तरकारी बालीमा क्षति पुर्‍याएको छ ।

हेटौँडामा झण्डै सय हेक्टरमा नै क्षति पु¥याएको विवरण आएको मन्त्रालयले जनाएको छ । अन्य जिल्लामा पनि क्षति पुर्‍याएको तर क्षतिको विवरण सङ्कलन भैरहेको छ । नेपालमा विभिन्न जिल्लामा बालीनालीमा देखिए पनि धेरैजसो सलह जङ्गलमै रहेको विज्ञले बताएका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP