Trending
flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन

‘स्वच्छ र सफा गाउँ’ अभियान, सिसवा र जुडपानीमा समिति गठन

घनश्याम भर

(विजयनगर) कपिलवस्तु, १५ साउन ।

कपिलवस्तुकाे विजयनगर गाउँपालिकाकाे वडा नम्बर – ५ सिसवा र  वडा नम्बर ६ जुडपानीमा समुदाय स्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति गठन गरिएको छ । किड्स नेपाल, प्लान इन्टरनेशनल नेपालकाे साझेदारी र विजयनगर गाउँपालिकाकाे समन्वयमा ‘स्वच्छ र सफा गाउँ’ भन्ने मूल नाराका साथ पूर्ण  सरसफाई अभियानलाई कार्यक्रम सुरु गरिएको किड्स नेपालका कार्यक्रम संयाेजक असगर हुसेन धुनियाले जानकारी दिए । उनले कार्यक्रम अनुसार गाउँ-गाउँमा यस अभियानलाई क्रमशः विस्तार गर्दै जाने बताए ।

सिसवामा हरिराम कहाँरकाे संयाेजकत्वमा २१ सदस्य समुदाय स्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समिति गठन गरिएको छ । जसकाे सह-संयाेजकमा सरस्वती कुर्मी र सचिवमा चन्द्रिका यादव चयन भएका छन् । यसैगरी दिपेन्द्र कपुर काेरीकाे संयाेजकत्वमा ५ सदस्य सल्लाहकार समिति र मानी पासीकाे संयाेजकत्वमा ३ सदस्य अनुगमन समिति गठन गरिएको छ ।

यस्तै जुडपानीमा शिव प्रसाद चाईकाे संयाेजकत्वमा २३ सदस्य समुदाय स्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति गठन गरिएको छ । जसकाे सह-संयाेजकमा बिमला आरख र सचिवमा हरिहर प्रसाद बढई चयन भएका छन् । यसैगरी असरफी हरिजनकाे संयाेजकत्वमा ५ सदस्य सल्लाहकार समिति र प्रकाश यादवकाे संयाेजकत्वमा ३ सदस्य अनुगमन समिति गठन गरिएको छ ।

कार्यक्रमलाई सम्बाेधन गर्दै ५ का वडा अध्यक्ष अनवर मोहम्मद मुसलमानले पूर्ण सरसफाइको महत्व र त्यसका फाइदाबारे चर्चा गरे । उनले वातावरण स्वच्छ रहनु अत्यन्त आवश्यक भएको बताउँदै स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने बताए । यहाँको वातावरणीय सौन्दर्य पनि बढाउने हुँदा सबैले मिलेर सरसफाइमा ध्यान दिनुपर्ने बताउँदै सामुदायिक जिम्मेवारीको भावना जागरुक गर्नुपर्नेमा जाेड दिए ।

यस्तै ६ का वडा अध्यक्ष प्रेम बहादुर कलवारले पनि यसमा आफ्नो विचार व्यक्त गर्दै सरसफाइको जागरूकता फैलाउने अभियान चलाउन महत्त्वपूर्ण भएको बताए । उनलेे हरेक दिनको जीवनशैलीमा स्वच्छताको अवधारणा समावेश गर्न आवश्यक रहेको बताउँदै यसले हाम्रो जीवनको गुणस्तरमा सुधार गर्नेुुपर्ने बताए ।

कार्यक्रम गाउँपालिका वास संयाेजक अर्जुन बेल्बासे, सरसफाई एक्सपाेर्ट दयाराम शर्माकाे सहजीकरणमा सम्पन्न भएको छ ।

 

 

 

 

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP