Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

अध्यादेश ल्याउनकै लागि संसद अधिवेशन अन्त्य गरेको विज्ञहरुको ठहर

काठमाडौँ । राजनीतिक विश्लेषक तथा संविधानविद्हरुले प्रधानमन्त्री केपी शर्मा ओलीले आफु अनुकुलका अध्यादेश ल्याउनकै लागि संसदको बजेट अधिवेशन अन्त्य गरेको बताएका छन् । उनिहरुले प्रधानमन्त्रीले पुरानै अध्यादेश दोहोर्याउन वा अरु नै नयाँ आफु अनुकुल हुने वातावरण निर्माणका लागि अध्यादेश जारी गर्न अधिवेशन अन्त्य गरेको दावी गरेका छन् ।

मन्त्रिपरिषदको सिफरिसमा बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को दुवै सदनको चालु अधिवेशन आकस्मीक रुपमा अन्त्य गर्नुभएको छ । राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा बिहीबार अपरान्ह ५ बजेदेखि लागू हुनेगरी संसद्को बजेट अधिवेशन अन्त्य गर्नुभएको हो ।

नेपाली नेटवर्कसँग कुरागर्दै राजनीतिक विश्लेषक श्रीकृष्ण अनिरुद्र गौतमले प्रधानमन्त्रीले कस्तो अध्यादेश ल्याउने हो भन्ने कुराको अनुमान अहिले नै गर्न नसकिए पनि संसदको अधिवेशन अन्त्यको उद्धेश्य आफु अनुकुल वातावरण सिर्जना गर्नु नै भएको दावी गर्नुभयो ।

उहाँले सत्तारुढ दलभित्र पनि उहाँको राजीनामा मागिएको र जनस्तरमा पनि ओलीको विरोध भइरहेकाले यस्ता विरोध र प्रतिपक्षी दलहरुलाइर्् समेत प्रभावित बनाउन सक्ने गरी आफु अगाडी बढ्ने चाहना प्रधानमन्त्रीमा देखिएको बताउनुभयो ।

बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिसमक्ष संसद्को चालु अधिवेशन अन्त्य गर्न सिफारिस गरेको थियो । मन्त्रिपरिषद् बैठकअघि प्रधानमन्त्री केपी शर्मा ओली राजनीतिक परामर्शका लागि शीतल निवास पुग्नुभएको थियो ।

नेपालीनेटवर्कसँगकै कुराकानीमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले पनि संसद अधिवेशनको आकस्मिक अन्त्यले नयाँ आशंका जन्माएको बताउनुभयो । उहाँले प्रधानमन्त्री ओली अहिलेको संविधानका पक्षमा कहिल्यै पनि नभएकाले अध्यादेश मार्फत संवैधानिक कूको बाटोमा जान सक्ने धारणा राख्नुभयो ।

त्रिपाठीले २०४७ को संविधानमा जस्तो प्रधानमन्त्रीले सिधै संसद विघटन गर्न सक्ने अवस्था अहिले नरहेपनि राष्ट्रपति मार्फत संवैधानिक कू गर्न सक्ने आशंका गर्नुभयो । संसद विघटन गर्न प्रस्ताव गरेको ३० दिनभित्र प्रधानमन्त्रीले संसदबाट बहुमत देखाउनुपर्ने भएकाले त्यो बाटो कठिन रहेको बताउदै उहाँले गठबन्धनको सरकार बनाउने वा एक्लै अगाडी बढ्ने खालका अध्यादेश राष्ट्रपतिबाट जारी गर्न लगाउन सक्ने त्रिपाठीको बुझाई छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP