Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

नेपाल आएका धेरैजसो सलहको झुण्ड दाङ र प्युठानको सेरोफेरोमा

काठमाण्डाै – नेपालमा आएका सलह किरामध्ये धेरैजसो झुण्ड दाङ र प्युठानको सेरोफोरोमा रहेकाे प्लान्ट क्वरेण्टीन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको छ ।

अर्घाखाँचीमा गएको झुण्ड पनि प्युठानतर्फ नै मोडिएको केन्द्रले जनाएको छ । हावाको बहावका कारण ती झुण्ड सुदूरपश्चिम र कर्णाली प्रदेशमा प्रवेश गर्ने सम्भावना रहेको भन्दै केन्द्रले सचेतता अपनाउन आग्रह गरेको छ ।

गएको शनिबार नेपाल प्रवेश गरेको सलह विभिन्न झुण्डमा बाँडिएर काठमाण्डौ उपत्यकासहित देशका विभिन्न जिल्लामा पुगेका छन् । अन्यत्र गएका झुण्डमा थोरै सङ्ख्या रहेको र दाङ तथा प्युठानतर्फ गएको झुण्डमा धेरै सलह रहेकोले त्यस क्षेत्रमा धेरै क्षति हुने आँकलन गरिएको केन्द्रले जनाएको छ ।

यसैबीच भारतको उत्तर प्रदेशको इटवा क्षेत्रमा रहेका दुई वटा ठूला झुण्ड पनि नेपाल आउने सम्भावना रहेकोले थप सजगता अपाउनुपर्ने केन्द्रले जनाएको छ । ती दुई वटा झुण्ड तीन दिनभित्र भारतको फत्तेपुर आइपुग्ने सम्भावना रहेकोले त्यसपछि नेपाल आउने सम्भावना रहने भन्दै केन्द्रले तराई, भित्री मधेश र मध्य पहाडी क्षेत्रमा सजगता अपाउनुपर्ने जनाएको छ । 

तस्बिर : रासस

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP