घनश्याम भर
(विजयनगर) कपिलवस्तु, १८ असार।
कपिलवस्तुको विजयनगर गाउँपालिकाले श्रमिक तथा उद्यमीलाई सम्मान गरेकाे छ । गाउँपालिकाले राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रम अन्तर्गत २८ जना श्रमिक तथा उद्यमीलाई सम्मान गरेकाे हाे । उनीहरुकाे याेगदानको उच्च मूल्यांकन गर्दै बिहिबार सम्मान गरेकाे गाउँपालिकाले जनाएको छ ।
“श्रमको सम्मान, राष्ट्रको अभियान” भन्ने नारासहित गाउँपालिकाको सभाहल, खडैचामा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रमा श्रम र उद्यममार्फत उदाहरणीय योगदान पुर्याएका २८ जना श्रमिक तथा उद्यमीलाई सम्मान गरिएको राेजगार सेवा केन्द्रका प्रमुख श्याम पुनले जानकारी दिए ।
कार्यक्रमलाई सम्बाेधन गर्दै गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले श्रम नै समृद्धिको आधार भएकाले श्रमिक र उद्यमीको सम्मान गर्नु गाउँपालिकाको दायित्व भएको बताए । उनले स्थानीय स्तरमा रोजगारी सिर्जना गर्दै युवालाई स्वदेशमै उद्यमशील बन्न प्रेरित गर्ने उद्देश्यले यस्ता कार्यक्रम सञ्चालन गरिएको उल्लेख गरे । उनले व्यवसाय नै देश विकासकाे मेरुदण्ड भएकाे भन्दै उत्पादन, रोजगारी सिर्जना र आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि उद्यमीहरुकाे महत्त्वपूर्ण भूमिका रहेको धारणा व्यक्त गरे ।
यस्तै प्रमुख प्रशासकीय अधिकृत हिमलाल विश्वकर्माले राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रमले श्रमिक र उद्यमीको मनोबल बढाउनुका साथै उत्पादनमूलक क्षेत्रमा लाग्न थप प्रेरणा मिल्ने विश्वास व्यक्त गरे । उनले गाउँपालिकाले सीप विकास, स्वरोजगार र उद्यम प्रवर्द्धनका कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने बताउँदै श्रमको सम्मान र उद्यमशीलताको प्रवर्द्धनमार्फत स्थानीय आर्थिक विकासलाई सुदृढ बनाइने जिकिर गरे ।
कार्यक्रममा १ का वडा अध्यक्ष इन्नर थारु, २ का वडा अध्यक्ष नेपाल चाैधरी, ४ का वडा अध्यक्ष तिलकराम कँडेल, ६ का वडा अध्यक्ष प्रेम बहादुर कलवार, प्रशासन शाखा प्रमुख बाेधराज भुसाल लगायतकाे उपस्थिति थियोे ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया