Trending
flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे flash ७० प्रतिशत अनुदानमा कुखुरा पालन सामग्री वितरण flash विजयनगरको नवौँ गाउँसभाबाट ६८ करोड बढीको बजेट सर्वसम्मत पारित flash विजयनगर-६ मा जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई सम्मान flash कारागार तोडफोडपछि फरार भएका लागुऔषध मुद्दाका कैदी पक्राउ

आठ रूपैयाँमा पनि बिक्न छाड्यो काउली, किसानलाई कठिनाइ

 

रौतहट : यहाँका किसानले उत्पादन गरेको काउली र बन्दा बिक्री हुन छाडेको छ। जिल्लाका किसानले अहिले काउली र बन्दा मुस्किलले प्रतिकेजी ८ देखि १० रुपैयाँमा बिक्री गरिरहेका छन्। वृन्दावन नगरपालिका वडा नं–१,बलेरीका किसान दिपेन्द्र पटेलले आफ्नो १० कठ्ठा खेतमा काउली खेती गरेकोमा मूल्य नै नपाएपछि समस्यामा परेको गुनासो गरे।

गत वर्ष व्यापारीलाई काउली प्रतिकेजी १५ देखि २५ रुपैयाँसम्म बेचेका पटेल यस वर्ष ८ देखि १० रुपैयाँमा बेच्नु परेको बताए। गत वर्ष पाँच कठ्ठामा काउली लगाउँदा २५ रुपैयाँ केजीसम्म बिक्री गरेको तर यस वर्ष त आठ देखि १० रुपैयाँ केजीमा बिक्री गर्न पनि मुस्किल परिरहेको उनले सुनाए।

यो मूल्यमा काउली बेच्दा मलखाद, विषादी र कामदारको खर्च त कहाँ हो कहाँ पानी पटाएको खर्चधरी उठ्दैन।

पटेलले भने, ‘काउलीभन्दा मकै खेती गरेको भए प्रतिकट्ठा चार हजार रुपैयाँले आउँथ्यो बेकारमा काउली लगाएर दु:ख पाइयो।’

बलेरीकै अर्का किसान बुधु राउतले काउली खेती गर्ने किसान यस वर्ष निकै मारमा परेको बताए। ८ देखि १० रुपैयाँ केजी काउली बिक्री गर्दा लागत पनि नउठ्ने अवस्था आएको राउतेको भनाइ छ।

पाँच कट्ठा खेतमा काउली उत्पादन गर्न २० देखि २५ हजार रुपैयाँसम्म लागत पर्न जान्छ तर अहिले किलोको आठ/दश रुपैयाँमा पनि बिक्री हुँदैन।

यता, भारतसँग सीमा जोडिएको रौतहटका विभिन्न स्थानबाट खुल्लमखुल्ला भारतीय तरकारी आयात भइरहेको छ।

खास गरेर भारतमा उत्पादन हुने कृषि उपजहरु नेपाली बजारमा छिर्दा रौतहटका किसानले उत्पादन गरेका उपजहरुले बजार भाउ पाउन छाडेको किसानहरु बताउँछन्।

भारतको बिहारमा उत्पादन भएका तरकारीजन्य वस्तुहरु सहजै नेपाल भित्रने गरेको छ। भारतीय तरकारी सीमावर्ती बजारमा मात्र नभएर सीमावर्ती क्षेत्रबाट ४२ किलोमिटर उत्तरको चन्द्रनिगाहपुर बजारमा समेत सहजै उपलब्ध हुने गरेको छ।

भारतीय तरकारी सस्तोमा सीमावर्ती क्षेत्र मात्र नभएर उत्तरी क्षेत्रसम्म भित्रिएका कारण यहाँका किसानले उत्पादन गरेको तरकारीले भाउ नपाउने गरेको चन्द्रपुर नगरपालिका वडा नम्बर १० का किसान अबधलाल पटेलको भनाइ छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP