Trending
flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे flash ७० प्रतिशत अनुदानमा कुखुरा पालन सामग्री वितरण flash विजयनगरको नवौँ गाउँसभाबाट ६८ करोड बढीको बजेट सर्वसम्मत पारित flash विजयनगर-६ मा जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई सम्मान flash कारागार तोडफोडपछि फरार भएका लागुऔषध मुद्दाका कैदी पक्राउ

मायादेवीमा हाजिरी जवाफ प्रतियोगिता, जनता मावि बलुहवा प्रथम

रामदेव कोरी

मायादेवी, १० फाल्गुन ।

कपिलवस्तुकाे मायादेवी गाउँपालिका- ५ मा सूर्याेदय युवा क्लबको आयोजना र मायादेवी गाउँपालिकाको समन्वयमा गाउँपालिका स्तरीय सामुदायिक माध्यमिक विद्यालयहरुबीच हाजिरी जवाफ प्रतियोगिता जनता माध्यमिक विद्यालयमा सम्पन्न भएको छ ।

स्थानीय समाज सेवीहरुको सहयोगमा सञ्चालित कार्यक्रममा मायादेवी गाउँपालिकामा रहेका कुल ८ वटा सामुदायिक माध्यमिक विद्यालयहरु मध्ये ६ ओटा विद्यालयका ३⁄३ जनाका दरले कुल १८ जना विद्यार्थीहरु सहभागीता थियोे ।

प्रतियोगितामा जनता माध्यमिक विद्यालय बलुहवा प्रथम, शुभद्र जनता माध्यमिक विद्यालय सिसहनीया दोस्रो र राष्ट्रिय माध्यमिक विद्यालय जिग्निहवा तृतीय स्थान प्राप्त गरेका छन् । यस्तै नेपाल राष्ट्रिय माध्यमिक विद्यालय गंगापुर-भैसकुण्डा, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय मुंगेहरी र स्वतन्त्र माध्यमिक विद्यालय रतनपुरले सान्त्वना स्थान प्राप्त गरेका छन् ।

कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका पूर्व भौतिक पुर्वाधार विकास मन्त्री सहसराम यादवको प्रमुख आतिथ्यता, मायादेवी गाउँपालिकाका शिक्षा अधिकृत माधव प्रसाद घिमिरेको विशिष्ट आतिथ्यतामा थियोे ।

 

सिवाइसिसि परियोजनाका शिक्षा अधिकृत रामरेखा बरुणको सञ्चालनमा सम्पन्न कार्यक्रम सूर्योदय युवा क्लबको अध्यक्ष दुर्गेश यादवकाे अध्यक्षतामा भएको हाे भने विद्यालयका शिक्षक एवम् प्रधानाध्यापकको समेत उपस्थितिमा उत्कृष्ट विद्यालयहरुलाई पुरस्कार तथा सम्मान-पत्र र ट्रफी समेत प्रदान गरिएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP