Trending
flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे flash ७० प्रतिशत अनुदानमा कुखुरा पालन सामग्री वितरण flash विजयनगरको नवौँ गाउँसभाबाट ६८ करोड बढीको बजेट सर्वसम्मत पारित flash विजयनगर-६ मा जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई सम्मान flash कारागार तोडफोडपछि फरार भएका लागुऔषध मुद्दाका कैदी पक्राउ

महाशिवरात्रीको अवसरमा पशुपति क्षेत्रमा ५ दिन विशेष सरसफाई अभियान हुने

 

 

काठमाडौँ : पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिका दिन पशुपतिनाथको दर्शनलाई व्यवस्थित गर्न मूल समारोह समिति तथा उपसमितिहरु गठन गरेको छ। सोमवार कोषले आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो जानकारी दिएको हो।

प्रचार प्रसार तथा सजावट व्यवस्था उपसमिमितका परिषद् सदस्य राजकुकार खत्रीले सरकारबाट निर्धारित सुरक्षा र स्वास्थ्यको मापदण्ड पालना गरेर पशुपतिनाथको दर्शनको व्यवस्था गरेको बताए। फागुन १२ देखि १६ गतेसम्म पशुपति क्षेत्रमा विशेष सरसफाईको व्यवस्था समेत गरेको उनको भनाइ छ।

‘२०८१ साल फागुन १४ गते बुधवार २६ फ्रेब्रुअरी २०२५ दिन परेको यस वर्षको महान पर्व शिवरात्री पर्वमा लाखौँ संख्यामा आउने दर्शनार्थी, साधुसन्त एवं भक्तजनहरुको प्रवाहलाई मध्यनजर राखी सरकारबाट निर्धारित सुरक्षा र स्वास्थ्यको मापदण्डलाई पालना गर्दै समग्ररुपमा दर्शनको व्यवस्था गर्न प्रभावकारी बनाउन‚’ उनले भने, ‘पशुपति क्षेत्र विकास कोषले उपसमिति गठन गरी कार्य विभाजन गरी विभिन्न तयारी गरेको छ। वातावरण सरसफाई तथा जुत्ता चप्पल व्यवस्था २०८१ फागुन १२ गते विहानदेखि १६ गतेसम्म पशुपति क्षेत्र विशेष सरसफाई अभियान सञ्चालन गरिएको छ।’

कोषले मांस, मदिरा, गाँजा, भाङ आदिको भण्डारण तथा बिक्री वितरण तथा ओसारपसार नगर्न तथा नगराउन सचेत गराएको छ।

स्थानीय बासिन्दाहरुले स्थानीय वडा कार्यालयमार्फत जारी गरिएको परिचयपत्र तथा कोषबाट जारी परिचय पासबाट सहजरुपमा आवतजावत गर्नसक्ने कोषले जनाएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP