Trending
flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे flash ७० प्रतिशत अनुदानमा कुखुरा पालन सामग्री वितरण flash विजयनगरको नवौँ गाउँसभाबाट ६८ करोड बढीको बजेट सर्वसम्मत पारित flash विजयनगर-६ मा जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई सम्मान flash कारागार तोडफोडपछि फरार भएका लागुऔषध मुद्दाका कैदी पक्राउ

सुर्खेतको आकर्षण बुलबुले ताल

हेमन्त केसी
सुर्खेत : कर्णाली आउने हरेक पर्यटकको रोजाइँमा बुलबुले ताल पनि पर्ने गरेको छ। विसं २०२९ देखि सरकारी तवरबाट बुलबुलेको संरक्षण हुन थालेको हो। बुलबुले क्षेत्रको विकास तथा विस्तारमा प्रदेश सरकारका साथै सङ्घीय सरकार र वीरेन्द्रनगर नगरपालिकाको पनि साझेदारी रहेको छ।

बुलबुलेको मुख्य आकर्षण जमिनमुनिबाट बुलबुल भएर आउने पानीको संकलन गरी बनाइएका कलात्मक धारा र पार्क हुन्। तालको पूर्वतर्फ महिला तथा दक्षिणतर्फ पुरूषका लागि पाँच/पाँचवटा धारा छन्। ताल विस्तार भएसँगै मोटरबोट सञ्चालन भइरहेको छ।

गीतमा समेत बुलबुले तालको खुबै चर्चा हुने गरेको छ। ‘सुर्खेतमा बुलबुले ताल ,मै सानी हुनाले छुट्यो माया जाल’ लोक संकलक तथा वाद्यवादक प्रेमदेव गिरीको शब्द र कमला श्रेष्ठको स्वरमा ३० को दशकमा रेडियो नेपालमा रेकर्ड भएको यहीँ गीतले सुर्खेतलाई नयाँ पहिचान दियो। सुर्खेत र बुलबुले तालको नाम सबै नेपालीको मनमनमा बस्यो। उतिबेला भेरी अञ्चललाई मध्यनजर गर्दै बनाइएको गीतले राम्रै बजार पायो।

अहिलेजस्तो यातायात र घुम्ने संस्कारको विकास भइसकेको थिएन। सुर्खेत र बुलबुले तालबारे त्यहीँ रेडियोमा बज्ने गीतले नै पहिचान दियो। बुलबुले तालकै नाममा त्यसयता २५ भन्दा बढी गीत सार्वजनिक भएका छन्। सबै गीतमा सुर्खेत र बुलबुले तालको वर्णन गरिएको छ।

गीत सुनेरै धेरैले बुलबुलेको अवलोकन गरेका छन्। वार्षिक लाखौंको संख्यामा आन्तरिक तथा बाह्य पर्यटक बुलबुले पुग्छन्।

यही तालको किनारमा अर्को ताल बनाउनका लागि कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले पोखरीको मंगलबार शिलान्यास गरे। प्रवीण निर्माण सेवाले ठेक्का लिएको उक्त पोखरी निर्माणको लागत रु १ करोड १२ लाख ३६ हजार ८६३ रहेको छ। कर्णाली प्रदेशको भू तथा जलाधार व्यवस्थापन कार्यालय सुर्खेतले योजना कार्यान्वन गर्ने छ।

शिलान्यास कार्यक्रममा बोल्दै मुख्यमन्त्री यामलाल कँडेलले तोकिएकै समयमा काम गर्न निर्माण व्यवसायीलाई निर्देशन दिए। उनले बजेटको समस्या नभएको भन्दै तोकिएकै समयमा काम गर्न आग्रह गरे।

बुलबुले गुरुयोजना कार्यान्वयनअन्तर्गत दोस्रो पोखरी निर्माण हुन लागेको हो। अहिले बुलबुले क्षेत्र सबैको रोजाई बन्दै गएको छ। अहिले नयाँ बन्न लागेको ताल ४ हजार २ सय वर्गमिटरमा फैलिने विस्तृत योजना प्रतिबेदनमा उल्लेख रहेको छ। तालको रहेको पानीको स्रोतलाई जम्मा गरेर पोखरी बनाउने लक्ष्य रहेको छ। २०८२ असार १० गते भित्र काम सक्नुपर्ने सम्झौतामा रहेको भू तथा जलाधार कार्यालयका प्रमुख शिखर चपाईले बताए। २०२९ सालदेखि बुलबुले तालको संरक्षण हुन थालेको हो। तालको संरक्षणसँगै यसको आकर्षण र महत्व बढ्दै गएको छ।

बुलबुले अहिले कर्णाली प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य बन्दै गएको छ। सुर्खेत आउने जो–कोही एक पटक बुलबुले नपुगेर फर्कंदैनन्। बुलबुलेको मुख्य आकर्षण जमिन मुनिबाट बुलबुल भएर आउने पानी संकलन गरेर बनाइएका धारा र पार्क हो। बुलबुलेको देखिने जलकुण्ड निर्माण गरिनु पूर्व सानो चिरोको बीचबाट पानी बुलबुल गर्दै बाहिर निस्केर बग्ने गर्दछ। विगतदेखि नै स्थानीयले लुगा धुने, स्नान गर्ने र खानेपानीको समेत प्रयोग गर्ने गर्थे।

२०२९ सालमा तत्कालीन राजा वीरेन्द्र शाह सुर्खेत आएपछि तालको संरक्षण र प्रचारप्रचार भएको नागरिक अगुवा राजेन्द्रविक्रम शाहको भनाई छ। तत्कालीन राजा वीरेन्द्रकै इच्छा अनुसार वीरेन्द्रनगर बजारको परिकल्पना गरियो। यसको गुरूयोजना निर्माण गरियो। त्यहीँ योजनाभित्र बुलबुले पनि समेटियो। राजाकै चाहनाअनुसार यसको नाम वीरेन्द्रनगर राखिएको शाहको भनाइ छ। जुन अहिले कर्णाली प्रदेशको प्रदेश राजधानी पनि हो।थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP