Trending
flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे flash ७० प्रतिशत अनुदानमा कुखुरा पालन सामग्री वितरण flash विजयनगरको नवौँ गाउँसभाबाट ६८ करोड बढीको बजेट सर्वसम्मत पारित flash विजयनगर-६ मा जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई सम्मान flash कारागार तोडफोडपछि फरार भएका लागुऔषध मुद्दाका कैदी पक्राउ flash दक्ष जनशक्ति उत्पादनमा कपिलवस्तु प्रतिष्ठानको दृढ संकल्पका साथ अभिमुखीकरण कार्यक्रम सम्पन्न flash विजयनगरका पाँच विद्यालय जंक फुडमुक्त घोषित

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं : सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।

सुनसरी, बराहक्षेत्र नगरपालिका-८ मैनबारीस्थित सडकमा मैनबारीबाट चक्रघट्टीतर्फ जाँदै गरेको प्रदेश १-०२-००४ ह १९८२ नम्बरको सिटी सफारी अनियन्त्रित भई बुधबार दिउँसो दुर्घटना हुँदा सिटी सफारीमा सवार सोही नगरपालिका-८ बस्ने ५५ वर्षीय राजन सुवेदीकी छोरी ९ वर्षीया वविता सुवेदीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएकी उनको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा उपचारको क्रममा मृत्यु भएको हो। सिटी सफारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

दार्चुला, महाकाली नगरपालिका-२ मुल्लास्थित सडकमा दल्लेखबाट खलंगातर्फ जाँदै गरेको सु.प.प्र.००३-००१ ज ०००५ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेर बुधबार दिउँसो दुर्घटना हुँदा चालक सोही नगरपालिका-२ बस्ने २५ वर्षीय महेश भुलको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल दार्चुलामा उपचारको क्रममा मृत्यु भएको हो।

रूपन्देही, तिलोत्तमा नगरपालिका-१ जनसेवा चोकस्थित सडकमा लु.५६ प १९६१ नम्बरको मोटरसाइकल र बा.२० च १७५४ नम्बरको कार एकआपसमा ठक्कर खाई बिहीबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक बुटवल उपमहानगरपालिका-३ ट्राफिक चोक बस्ने गुल्मी रूरूक्षेत्र गाउँपालिका-३ थोर्गा घर भएका १९ वर्षीय रोशन परियारको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो। कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP