कृष्णनगर, २८ बैशाख ।
कपिलवस्तु प्रहरीले चालु मुद्दामा फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले फरार रहेका शुद्धोधन गाउँपालिका-६ निवासी एक जनालाई पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय पकडीबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा खोजतलास गर्ने क्रममा बैशाख २७ गते शुद्धोधन गाउँपालिका-६ श्रीनगर क्षेत्रमा लुकिछिपी बसेको अवस्थामा उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका प्रतिवादीलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया