Trending
flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे flash ७० प्रतिशत अनुदानमा कुखुरा पालन सामग्री वितरण flash विजयनगरको नवौँ गाउँसभाबाट ६८ करोड बढीको बजेट सर्वसम्मत पारित flash विजयनगर-६ मा जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई सम्मान flash कारागार तोडफोडपछि फरार भएका लागुऔषध मुद्दाका कैदी पक्राउ

जलजलाका उद्धमीहरूलाई गाउँपालिकाको सहुलियत ब्याजको घुम्ती कोष

 

पर्वत : जिल्लाको जलजला गाउँपालिकाले उद्धमीहरूको लगानीमा सघाउन सहुलियत ब्याजदरको घुम्ती कोष मार्फत ऋण लगानी गरेको छ।

गाउँपालिकाका अध्यक्ष राजु प्रसाद आचार्यका अनुसार गाउँपालिकाको आर्थिक वर्ष २०८१÷०८२ मा स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत १३ लाख ७५ हजार रुपैयाँ लगानी गरिएको हो। घुम्ती कोष शीर्षकमा विनियोजन भएको नौ लाख, गत आर्थिक वर्षमा लगानी गरिएको ऋणको पहिलो चौमासिक साँवा फिर्ता बापत तथा खुद ब्याज गरी दुई लाख ४३ हजार तथा गत माघ महिनासम्म असुल भएको दोस्रो किस्ताको साँवा फिर्ता र खुद ब्याजबाट प्राप्त भएको दुई लाख ३८ हजार पाँच सय रुपैयाँ गरी कुल १३ लाख ८१ हजार पाँच सय रुपैयाँ सङ्कलन भएको थियो। योमध्येको १३ लाख ७५ हजार रुपैयाँ उद्धमीहरूलाई लगानी गरिएको हो।

उक्त रकम १३ जना उद्धमीहरूलाई एक लाख रुपैयाँका दरले र एक जनालाई ७५ हजार रुपैयाँ ऋण दिइएको छ। वडा विकास कार्यक्रम कोष सञ्चालक समितिको बैठकले निर्णय गरेको आधारमा छनोट भएका उद्धमीहरूलाई तोकिएको व्यवसाय सञ्चालन गर्नको लागि ऋण दिइएको हो।

गाउँपालिकाका सूचना अधिकारी भेषनाथ आचार्यले जमिन र जनशक्ति भएका तर स–सानो पुँजी अभावका कारण पेसा व्यवसाय सञ्चालन तथा विस्तार गर्न नसकेका उद्यमीहरूलाई यसले ठुलो राहत हुने बताए। इच्छुकहरूबाट माग आवेदन सङ्कलन गरी तह तहबाट सिफारिस भई कोष सञ्चालक समितिबाट निश्चित मापदण्डका आधारमा स्वीकृत भएका उद्यमीहरूले चौमासिक अवधिमा किस्ता फिर्ता गर्ने गरी ऋण लिएका हुन्। यो घुम्ती कोषले केही व्यवसायी उत्पादन र व्यवसाय प्रवद्र्धनमा सहयोग पुर्‍याउने र आफ्नै माटोमा भविष्यको खोजी गराउने उनले बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP