Trending
flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे flash ७० प्रतिशत अनुदानमा कुखुरा पालन सामग्री वितरण flash विजयनगरको नवौँ गाउँसभाबाट ६८ करोड बढीको बजेट सर्वसम्मत पारित flash विजयनगर-६ मा जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई सम्मान flash कारागार तोडफोडपछि फरार भएका लागुऔषध मुद्दाका कैदी पक्राउ flash दक्ष जनशक्ति उत्पादनमा कपिलवस्तु प्रतिष्ठानको दृढ संकल्पका साथ अभिमुखीकरण कार्यक्रम सम्पन्न flash विजयनगरका पाँच विद्यालय जंक फुडमुक्त घोषित

कारागारमै मासिक १५ हजारसम्म आम्दानी

रासस

काठमाडौं : जिल्ला कारागार कार्यालय चितवनका कैदीबन्दीमध्ये २३२ कैदीबन्दी घरेलु इलममा लागेका छन्। ती मध्ये १८० जना कैदी र ५२ जना बन्दी हुन्। कार्यालयमा अहिले ४५ महिला र ६६८ पुरुष गरी ७१३ कैदीबन्दी छन्।

कार्यालयका निमित्त प्रमुख चेतनाथ ढुङ्गानाका अनुसार अहिले सबैभन्दा धेरै कैदीबन्दी गलैँचा बुन्ने र मुढा बनाउने काममा लागिरहेका छन्। गलैँचा बुन्ने ९१ र ९६ जना मुढा बुन्ने काममा छन्। यस्तै, यहाँ फर्निचर बनाउने, कपडा सिलाउने, ब्याग बनाउने, कपडा बुन्ने (ऊनीको टोपी, गलबन्दी, स्वेटर), गुडिया, खेलौना बनाउने कपासको बत्ती कात्ने, कपाल काट्ने, नाम्लो, डोरी बुन्ने, सुनचाँदीका गहना बनाउने, सिरकडसना बनाउनेलगायत काममा उनीहरू लागेका छन्।

उनीहरूले मासिक सातदेखि १५ हजारसम्म कमाउने गरेका छन्। कारागारमा कैदी जीवन बिताइरहेका सानु चेपाङले भने, ‘म गलैँचा बनाउने काम गर्छु। आफ्नो खर्च कटाएर मासिक सातदेखि आठ हजार छोराछोरीका लागि पठाउने गरेको छु।’ गैँडा मारेको मुद्दामा सात वर्षदेखि कैद सजाय भोग्दै आएका चेपाङले आफू कारागार बाहिर रहँदा १२ वर्षको उमेरदेखि गलैँचा बनाउने काम गरेको सुनाए।

अहिले यहाँभित्रका १०० भन्दा बढी आबद्ध छन्। उनीहरूले मासिक सातदेखि १० हजारसम्म बचाएर घर पठाउने गरेको उनले बताए। यहीँको कमाइले उनले चार छोराछोरीको पढाइ खर्च, खानेपानी, बिजुलीको पैसा तिर्दै आएको बताए। अहिले आफ्नै नेतृत्वमा गलैँचा बनाउने काम भएको उनले जानकारी दिए।

गैँडा मुद्दामा नै कैद सजाय भोग्दै आएका पदमबहादुर प्रजा अहिले मुडा बनाउन तल्लिन छन्। उनले मासिक आफ्नो खर्च व्यवस्थापन गरेर घरमा केही खर्च पठाउने गरेको बताए। २०६९ सालमा गैँडा मारेको मुद्दामा उनी पक्राउ परी कारागार चलान भएका थिए। कारागार आइसकेपछि हुने मानसिक तनाव व्यवस्थापनका लागि आफूले काम गर्न थालेको र अहिले त्यही कामले मीठोमसिनो खान, आफ्नो इच्छाअनुसारको लगाउन र घरपरिवारमा समेत खर्च पठाउन सकिएको सुनाए।

कार्यालयका निमित्त प्रमुख ढुङ्गानाका अनुसार अहिलेभित्र रहेर मानसिक समस्या हुनुभन्दा काम गरेर बस्नेको सङ्ख्या बढ्न थालेको छ। कारागार व्यवस्थापन विभागले घरेलु इलम केन्द्रका रूपमा यस्ता कारागारलाई विकास गर्न समेत प्रक्रिया अघि बढाएर कामदारको सङ्ख्या माग गरेको उनले बताए।

यहाँ उत्पादित सामग्री स्थानीय बजारसहित काठमाडौँ, मकवानपुर, धादिङलगायतका ठाउँमा जान्छ। कैदीबन्दीले मेहनतका साथ काम गर्ने हुँदा उत्पादित वस्तु गुणस्तरीय हुन्छ।थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP