Trending
flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे flash ७० प्रतिशत अनुदानमा कुखुरा पालन सामग्री वितरण flash विजयनगरको नवौँ गाउँसभाबाट ६८ करोड बढीको बजेट सर्वसम्मत पारित flash विजयनगर-६ मा जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई सम्मान flash कारागार तोडफोडपछि फरार भएका लागुऔषध मुद्दाका कैदी पक्राउ flash दक्ष जनशक्ति उत्पादनमा कपिलवस्तु प्रतिष्ठानको दृढ संकल्पका साथ अभिमुखीकरण कार्यक्रम सम्पन्न flash विजयनगरका पाँच विद्यालय जंक फुडमुक्त घोषित

बुटवलमा प्रसारण लाइनको मोनोपोल राख्ने काम धमाधम

काठमाडौं : बुटवल उपमहानगरपालिका–११स्थित कालिकापथको योगिकुटी चोकदेखि होराइजन चोकसम्मको सडक खण्डमा पर्ने प्रसारण लाइनको मोनोपोल राख्ने काम धमाधम भइरहेको छ।

बुटवलबाट मोतीपुरतर्फको १३२ केभी डबल सर्किट प्रसारण लाइनको टावर (चार खुट्टा भएको) लाई हटाएर योगिकुटी– होराइजन चोक सडक खण्डमा मोनोपोल (एउटा मात्र खुट्टा) राख्न लागिएको छ।

करिब एक किलोमिटर सडक खण्डको बीचमा रहेका चारवटा टावरलाई हटाएर राखिने मोनोपोलको जग (फाउण्डेसन) निर्माण भइरहेको छ। फाउण्डेसनको काम १५ दिनभित्रमा सकिने छ। मोनोपोल निर्माणस्थलमा आपूर्ति भइसकेको छ।

उक्त सडक खण्डमा ३०/३० मिटरका दुईवटा र ३२/३२ मिटरका दुईवटा मोनोपोल जडान गरिनेछ।

चालू रहेको उक्त प्रसारण लाइनलाई करिब १५ दिन बन्द (सटडाउन) गरेर मोनोपोल जडान गरिनेछ। उक्त खण्डमा रहेका पुरानो टावरलाई हटाइनेछ। साथै, तार (कन्डक्टर) पनि नयाँ प्रयोग गरिनेछ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निर्माणस्थलको अनुगमन गरी गर्मी सुरु हुनुभन्दा पहिले नै मोनोपोल जडान गरिसक्न आग्रह गरे। गर्मी सुरुभएपछि बुटवल क्षेत्रमा विद्युतको माग बढ्ने हुँदा प्रसारण लाइन सटडाउन दिन समस्या हुने भएकाले त्यसभन्दा अघि नै काम सक्न कार्यकारी निर्देशक घिसिङले बुटवल ग्रिड महाशाखालाई निर्देशन दिए।

सडक र प्रसारण लाइन (तार) बीचको दूरी कम हुँदा सडकमा गुड्ने ठूला गाडीहरुले लाइन छोएमा हुनसक्ने दुर्घटनाको अन्त्य गर्न योगिकुटी– होराइजन चोक सडक खण्डमा मोनोपोल राख्न लागिएको हो।

हाल सडक र लाइनबीचको दूरी ६ मिटरभन्दा कम छ। मानोपोल राखिएपछि सडक र लाइनबीचको दूरी करिब नौ मिटर हुनेछ।

प्रसारण लाइनको टावर हाल बीचमा हुँदा उक्त सडक खण्ड साँघुरो रहेको छ। हालको टावरको बेसमेन्टको व्यास करिब ८ मिटर रहेको छ। मोनोपोलको बेसमेन्टको व्यास करिब साढे दुई मिटर मात्र हुनेछ। यसले गर्दा सडक पनि फराकिलो हुनेछ। साथै, मोनोपोल राखिएपछि हालको प्रसारण लाइनको मार्गधिकार घट्ने भएकाले त्यसको दायाँ–बायाँ रहेका घरहरु पनि थप सुरक्षित हुनेछन्।

मोनोपोल निर्माणका लागि ३ करोड ६५ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। प्राधिकरणको लगानीमा निर्माण भइरहेको मोनोपोलको सम्पूर्ण काम आगामी जेठभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP